April 27, 2024

Bhimphedi Khabar

Bhimphedi Cable Network

महिला जागृति बचत तथा ऋण सहकारी संस्थाको नेतृत्वमा चेतकुमारी पुडासैनी।

२०८० मंसिर २४

भीमफेदी

आज भन्दा पच्चीस बर्ष अगाडि स्थानीय महिलाहरु को आबस्यकता लाइ पहिचान गरि स्थापना गरेका महिला जागृति बचत तथा ऋण सहकारी संस्थाको पच्चीसौं बार्षिक साधारण सभा सम्पन भएको सचिब निर्मला थापाले संचालन गरेको बार्षिक साधारण सभाको प्रमुख अतिथि माननीय सभासद महेश बर्तौलाले उद्घाटन गर्नुभएको हो।

सभाका सभाअध्यक्ष रित थापाले आमन्त्रित अतिथि तथा प्रमुख अतिथि लाइ स्वागत सत्कार सहितको धन्यवाद व्यक्त गरेका थिए।

तेह्रसय उन्नासी शेयर सदश्य भएको यस सहकारी ले एक्काइस करोडको कारोबार गरेको र आगामी आर्थिक वर्षको बार्षिक नाफा मात्रै एक करोड रहने ब्यबस्थापक कोपिला थापाले जानकारी गरेका थिए।

बार्षिक साधारण सभा ले चेत कुमारी पुडासैनी को अध्यक्षमा एघार सदस्य समितिको चयन गरेको छ।