April 27, 2024

Bhimphedi Khabar

Bhimphedi Cable Network

भीमफेदी गाउँपालिकामा कानुन विपरीत नदीजन्य पदार्थ चोरी निकासी ।

भीमफेदी

२०८० कार्तिक १६

भीमफेदी गाउँपालिकामा कानुन विपरीत नदीजन्य पदार्थ चोरी निकासी भइरहेको छ । मापदण्ड अनुसार विगतमा स्टक प्रमाणित भइसकेको ढुंगा, गिट्टी, बालुवा (नदीजन्य पदार्थ) राजस्व तिरेर निकासी गर्न र आइईई स्वीकृत भएको स्थानबाट मात्रै उत्खनन् गर्न पाइन्छ । मापदण्ड विपरीत उत्खनन् भएमा ऐनअनुसार कारबाहीको दायरामा ल्याउनुपर्छ ।

कानुनविपरीत भएको उत्खनन्‌मा प्रदेश आर्थिक ऐनको अनुसूची ६ बमोजिम प्रत्येक पटकको ढुवानीमा राजस्व तिरेको निस्सा र चलान पुर्जा साथमा रहेको नभेटिएमा (अप्रशोधित सामग्रीका हकमा) सवारीसाधनको क्षमताअनुसार सवारीको प्रतिघनमिटर क्षमतामा १ हजारका दरले जरिवाना गराउनुपर्ने व्यवस्था छ ।

भीमफेदीको राजस्व शाखा प्रमुख सुदीप कँडेल भने दैनिक ५–६ ट्याक्टर मात्रै निकासी भइरहेको दाबी गर्छन् । भीमफेदी गाउँपालिकासँग वातावरणीय प्रभाव मूल्यांकन (आइईई)को म्याद कायम छ । २०८० फागुनसम्म आइईईको म्याद रहेको भीमफेदीले आइईई भएको खोला क्षेत्रबाट मात्रै नदीजन्य पदार्थ उत्खनन् गर्न पाउने आधार बाँकी छ ।

तर, आइईई नै नभएको सामरी खोलाबाट नदीजन्य पदार्थ चोरी निकासी भइरहेकोमा भने गाउँपालिकाको राजस्व राजस्व शाखा अनविज्ञता प्रकट गर्छ । रोचक विषय त अवैध तरिकाले नदीजन्य पदार्थ उत्खनन् भएको थाहा नपाउने भीमफेदीले १ कात्तिक २०८० मा कर विजक (बिल) जारी गरेको प्रमाण शिलापत्रले फेला परेको हो ।

गाउँपालिकाको राजस्व शाखा प्रमुख कँडेलले १ नम्बर वडाको सामरी खोलाबाट भइरहेको उत्खनन्‌को विषयमा अनविज्ञता प्रकट गरे । ‘सामरी खोलामा आइईई भएको छैन । त्याहाँबाट कसरी ग्राभेल उत्खनन् भयो होला त । यो त हुन नसक्ने कुरा हो’, कँडेलले अचम्म मान्दै भने । सामरी खोलाबाट ग्राभेल उत्खनन् हुनु अवैध काम भएको कँडेल स्वीकार्छन् । उत्खनन्‌बारे अनविज्ञता प्रकट गरेका राजस्व प्रमुख कँडेलले नै प्रदेश आर्थिक ऐनअनुसार जरिवानासहित ३ हजार राजस्व लिँदा चुहावट झन् बढेको बताए ।

कँडेलले त्यसरी अवैध तरिकाले उत्खनन् भएकोबारे बुझेर उत्खनन् गर्नेलाई कारबाही गर्ने प्रतिबद्धता जनाए । भीमफेदीले प्रदेशको आर्थिक ऐनलाई लत्याउँदै चोरी निकासी भएको नदीजन्य पदार्थलाई कर विजक जारी गरेर वैधानिकता दिन खोजेको छ । राजस्व उठाउने नाममा जरिवाना नै नगरी भीमफेदीले कर विजक जारी गर्दा चोरी निकासी गर्ने गिरोहलाई प्रत्यक्ष फाइदा पुगेको हो । कँडेलले गत असोजदेखि नदीजन्य पदार्थको राजस्व संकलन गर्न करारमा कर्मचारी राखेको बताए । उनकाअनुसार भीमफेदीमा प्रथम त्रैमासिकमा २ लाखको मात्रै राजस्व संकलन भएको छ