April 30, 2024

Bhimphedi Khabar

Bhimphedi Cable Network

मोटरसाइकल अनियन्त्रित भएर सवार गम्भीर घाइते।

भीमफेदी

२०८० चैत्र २८

हेटौंडा उपमहानगरपालिका–१, तिरतिरे धारास्थित हेटौंडा–भैंसे र भीमफेदी सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । घाइते हुनेमा प्रदेश ३–०२–०१३ प ९७५६ नम्बरको मोटरसाइकल चालक भीमफेदी–६ का २५ वर्षीय जिनेस वाईबा र पछाडी सवार सोही ठाउँका २३ वर्षीय अर्जुन स्याङ्तान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

बुधबार दिउँसो १२ बजे उक्त सडकखण्डमा भीमफेदीबाट हेटौंडातर्फ आउँदै गरेको उक्त मोटरसाइकल आफै अनियन्त्रित भएर सडक छेउमा रहेको सिमेन्टको सानो खम्बामा ठोकिएको थियो । मोटरसाइकल दुर्घटना भएको भन्ने खबर प्रहरीलाई प्राप्त हुनासथ प्रहरी टोली खटेर घाइतेहरुलाई उपचारका लागि हेटौंडा अस्पतालमा ल्याइएको थियो । त्यसपछि दुवै जनालाई थप उपचारको लागि चितवन मेडिकल रेफर गरिएको जनाएको छ । चालक वाईबा र सवार स्याङ्तन दुवैको शरिरको विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ ।