April 30, 2024

Bhimphedi Khabar

Bhimphedi Cable Network

साहित्यकार सुभाषचन्द्र पौडेल ‘भीमफेदीया’ को कृति ‘सम्झना बिर्सना’ लोकार्पण ।

भीमफेदी

२७ चैत्र २०८०

साहित्यकार सुभाषचन्द्र पौडेल ‘भीमफेदीया’ को कृति ‘सम्झना बिर्सना’ लोकार्पण गरिएको समाचार प्राप्त भएको छ । काठमाडौँको अनामनगरमा आयोजित एक भव्य कार्यक्रमकाबीच सो कृतिको लोकार्पण गरिएको थीयो। 

साहित्यिक पत्रकार संघको आयोजनामा भएको सो कार्यक्रममा संघका अध्यक्ष राधेश्याम लेकालीले सभापतित्व गरेका थिए । कार्यक्रमको प्रमुख अतिथिको रुपमा वरिष्ठ साहित्यिक पत्रकार रोचक घिमिरे थिए । अतिथिको रुपमा स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदन, वरिष्ठ बालसाहित्यकार प्रमोद प्रधान, वरिष्ठ साहित्यिक पत्रकार रामप्रसाद पन्त, कथाकार किशोर पहाडी, साहित्यिक पत्रकार नरेन्द्र श्रेष्ठ, कथाकार हिरण्य कुमारी पाठक, सगरमाथा आरोही कल्पना महर्जन, श्रीरामसिंह बस्नेत, युवराज मैनाली लगायत रहेका थिए । 

अर्का समीक्षक युवराज मैनालीले यो पुस्तक पौडेलको तेस्रो कृति भएको बताए । संस्मरणमा रमाइला कुरा, मार्मिक कुरा र हास्यव्यङ्ग्य रहेको पनि उनले बताए । कृतिमा कथा, संस्मरण संयुक्त रुपमा आएको उनले उल्लेख गरेका थ। 

पुस्तकको बारेमा बोल्दै स्रष्टा समाजको अध्यक्ष श्रीओम श्रेष्ठ रोदनले संस्मरणमा इमान्दारिता रहेको उल्लेख गरे । पुस्तक एकै विधामा आउनु पर्ने भए पनि एउटै पुस्तकमा कथा, लघुकथा, संस्मरण सबै समेटिएकोमा दुःख लागेको उनले बताए । भीमफेदीयासँग संस्मरणको खानी रहेको भन्दै अर्को संस्करणमा रचना थपेर वा छुट्याएर प्रकाशन गर्न पनि उनले सुझाव दिए ।

कार्यक्रममा रामप्रसाद पन्त, श्रीरामसिंह बस्नेत, प्रकाशक भूँडिपुराणका केशव पराजुली, किशोर पहाडी लगायतले लेखकलाई शुभकामना दिए । 

कार्यक्रमलाई कवि मुरारी सिग्देलले सञ्चालन गरेका थिए ।

कार्यक्रमको समापन गर्दै सभाध्यक्ष तथा संघका अध्यक्ष राधेश्याम लेकालीले साहित्यिक पत्रकारको कृति संघले लोकार्पण गर्न पाएकोमा खुसी व्यक्त गरे । कवि तथा साहित्यकारहरुको संगतले भीमफेदीया दरिलो आधारमा रहेको उल्लेख गर्दै अन्य कृतिको पनि अपेक्षा गरे । विधागत रुपमा भने कृति पहिचान हुन नसकेको उनले बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि रोचक घिमिरेले सुभाषचन्द्रले ‘कुरौटे’ नामक पत्रिका २०३७ साल तिरै निकाल्ने गरेको संस्मरण गरे । केही समय साहित्यसेवा गरेर लामो समय काम कृतिकार हालैमात्र पुनः साहित्यमा फर्किएको उनले उल्लेख गरे ।