April 27, 2024

Bhimphedi Khabar

Bhimphedi Cable Network

भीमफेदी सबडिभीजन बन कार्यालयको साप्ताहिक कार्यक्रम समापन ।

OLYMPUS DIGITAL CAMERA

भीमफेदी

२०८० चैत्र ६

मकवानपुर जिल्ला सब डिभिजन बन कार्यालय भीमफेदीले एक सप्ताहब्यापी बन डढेलो नियन्त्रण कार्यक्रम सप्ताह आज एक कार्यक्रम बिच समापन गरेको छ ।

सब डिभिजन बन कार्यालय भीमफेदीका बन कार्यालय प्रमुख मदन घिमिरे को अध्यक्षता तथा भीमफेदी गाउंपालीका प्रशासकिय प्रमुख को प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा भीमफेदी गाउंपालीका कर्मचारी इलाका प्रहरी कार्यालयका प्रहरी,ससश्त्र प्रहरी कार्यालयका प्रहरी,बिभीन्न सामुदायीक बन उपभोक्ता समुहका पदाधिकारी,सहकारी संस्थाका पदाधिकारी,स्थानिय बनउपभोक्ताहरुको उपस्थित रहेको थीयो ।

बन कार्यालयका प्राबधिक , वडानं ५ का वडाअध्यक्ष तथा भीमफेदी गाउंपालीका प्रशासकिय प्रमुखले बन डढेलो नियन्त्रण तथा सुरक्षा सम्बन्धि जागरण सचेतना गरेका थीए । यसै गरी बिपद ब्यबस्थापनको लागी गाउ‌पालीकाले आर्थिक बर्ष २०८०/२०८१ को लागी बिस लाख बिनियोजन गरेको कार्यक्रममा जानकारी गरीएको थीयो ।