April 30, 2024

Bhimphedi Khabar

Bhimphedi Cable Network

भीमफेदी वडानं ६ पुर्ण खोपयुक्त वडा घोषणा।

भीमफेदी

२०८० चैत्र ३०

मकवानपुर जिल्ला भीमफेदी गाउँ पालीकाको छ नं वडा पुर्ण खोपयुक्त वडा घोषणा गरिएको छ।

आज भीमफेदी गाउँ पालीका वडानं छ का वडा अध्यक्ष तथा प्राथमिक स्वास्थ्य केन्द्र सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष सोम बहादुर घलान को सभा अध्यक्षतामा पुर्ण खोपयुक्त वडा घोषणा गरिएको हो।

भीमफेदी गाउँ पालीकाको छ नं वडा मा जन्म देखी पाँच वर्ष मुनिका बालबालिका एकसय अठार जनामा सबैलाइ खोपको पुर्ण टिका लगाएको खोप सहजकर्ता सि अ न मि जुना घिसिङले बताउनुभयो।

यसै गरी सि अहेव सुनिल कुमार झाले सञ्चालन गरेको कार्यक्रममा आर्थिक बर्ष २०७९/२०८० को रु अठार लाख पचपन्र हजार एक सय छैसठ्ठि रुपैयाँ त्रिपन्न पैसाको आर्थिक प्रतिवेदन स्वास्थ्य केन्द्र सञ्चालन तथा व्यवस्थापन समितिका सदस्य सुरेन्द्र थीकेले प्रस्तुत गरेको थियो।

प्रतिबेदन सर्वसहमतिले पारित गरी सामाजिक सुनवाइ प्रस्ताव पारीत गरेको थियो।

कार्यक्रममा सरोकार पुर्ण खोपमा सहभागी बालबालिका तथा अभिभावक, महिला स्वास्थ्य स्वयम् सेविका, स्वास्थ्य केन्द्र सञ्चालन तथा व्यवस्थापन समितिका पदाधिकारी, स्थानीय सरोकार सदस्य तथा प्राथमिक स्वास्थ्य केन्द्र का प्राबिधिक कर्मचारीको उपस्थित रहेको थीयो।