
भीमफेदी
२०७९/०५/३१
भीमफेदी गाउँ पालिका वडानं ३ बिकट टोल इक्चुङ्गमा स्वास्थ्य इकाइ भवन आज एक समारोहका विच बागमती प्रदेश सभासद् सामाजिक विकास मन्त्री माननीय कुमारी मोक्तान बाट उद्घाटन सम्पन्न भएको छ।

भीमफेदी गाउँ पालिका वडानं ३ का अध्यक्ष तथा पोस्वास्थ्य इकाइ सहयोग संञ्चालन समितिको अध्यक्ष प्रिति लाल लामाको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा प्रमुख अतिथि माननीय मन्त्री मोक्तान ले भवन निर्माण मा आर्थिक तथा प्राविधिक सहयोगी च्वाइस नेपाल का कार्यक्रम निर्देशक किरण न्यौपाने लाइ दोसल्ला सहित कदरपत्र प्रदान गरिएको थियो।यसै गरी स्वास्थ्य इकाइ भवन निर्माणका लागि एक रोपनी जग्गा प्रदान गर्ने दानबिर लाइ पनि दोसल्ला तथा कदरपत्र प्रदान गरेको थियो।

कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै गढि गाउँ पालिका स्वास्थ्य संयोजक ध्रुव लामिछाने ले उक्त स्वास्थ्य इकाइ बाट भीमफेदी मात्र नभएर गढी गाउँ पालिका वडा न ७ र ८ औखरे र बौखरेका समेत जनताले प्रत्यक्ष सेवा लिन सहज हुने बताए। यसै गरी भीमफेदी स्वास्थ्य संयोजक रामनाम थिं ले आउदो आइतबारदेखि स्वास्थ्य इकाइ मा उपचार सेवा प्रदान गर्न एक अहेव,एक अनमि,एक का.स.खटाइ सकेको र आवश्यक परिक्षण सामग्री औजारहरू उपलब्ध गराइएको बताए।
बिशेष अतिथि गढि गाउँ पालिका उपाध्यक्ष ले इक्चुङ्गमा स्वास्थ्य इकाइ बाट गढी गाउँ पालिका का जनताले समेत उपचार सेवा पाउने भएकोले गढी गाउँ पालिका ले थप एक अनमिको दरबन्दी सहकार्य गरिने र उक्त प्राबधिक बाट प्रसुति सेवा सञ्चालनमा ल्याउन आगामी मंसिर महिनामा संम्झौता गरिने प्रतिबद्धता जाहेर गरेका थिए।
कार्यक्रम समापन गर्दै अध्यक्ष लामाले यसै आर्थिक बर्ष मा भवनको थप तल्ला निर्माण गरी स्टाफ क्वार्टर सहित सेवा प्रदान गर्ने बताएका थिए।
More Stories
अन्तर पालीका फुटबल खेलमा भीमफेदी गाउपालीकाको अग्रता कायमै ।
शनिबारबाट दोस्रो संस्करणको मकवानपुर जिल्लास्तरीय अन्तरपालिका फुटबल प्रतियोगिता सुरु,
भीमफेदी युवा मकवानपुर क्याम्पस स्व बि यु सभापतीमा बिजयी ।