
All-focus
२०७९/०१/०८
भीमफेदी
मकवानपुर जिल्लाको भीमफेदी गाउँ पालिका एक मात्र एस ई ई परिक्षा केन्द्र महेन्द्र माध्यमिक विद्यालय ले मिति २०७९/०१/०९ गते बाट सुरू हुने परिक्षा को तयारी पुरा भएको बताएका छन्।
बिधालय प्रधानअध्यापक कुमार लामा का अनुसार उक्त परिक्षा केन्द्र मा भीमफेदी गाउँ पालिका का पांच र मकवानपुर गढी गाउँ पालिका को एक बिधालय को सहभागिता रहेको बताएका छन्।
यसै गरी कृष्ण माध्यमिक विद्यालय भैसेका ३८, रुपनारायण मा.बिधालयका २८, पञ्चकन्या माध्यमिक विद्यालय का १४,बाराहि माध्यमिक विद्यालय का ६८, श्री माध्यमिक विद्यालय का ११, महालक्ष्मी माध्यमिक विद्यालय का २२ बिधार्थी रहेको छ।यस बर्ष भीमफेदी कारागार बाट कुनै परिक्षार्थी नभएको बताए।
भीमफेदी इलाका प्रहरी कार्यालय प्रमुख प्रहरी निरीक्षक प्रतिमा कार्की ले परिक्षामा कुनै किसिमको बाधाब्यबधान आउन नदिन नेपाल प्रहरी को सकृय भुमिका रहने तथा आगन्तुक बाह्य बिधार्थी को सुरक्षा को लागी बिशेष पेट्रोलिङ्ग परिचालित हुने बताए।
यसै गरी परिक्षामा सहभागी बिधार्थी को आवश्यकता अनुसार बिधालय मा एक स्वास्थ्य कर्मी रहने तथा प्राथमिक स्वास्थ्य केन्द्र आपतकालीन सेवा सुचारु रहने गाउँ पालिका स्वास्थ्य निरक्षक रामनाथ थिं ले जानकारी गराए।
More Stories
ओली सरकार र बागमती प्रदेशमा डोरमणि पौडेलको सरकारले सिन्को भाँचेन, बिरोध खतिवडा
बढि लिईएको भाडा सम्बन्धित यात्रुलाई फिर्ता गराई सवारी चालकलाई जरिबाना।
भीमफेदी हात्तीसार संग्रहालय जिप लाईन सहितको पार्क बिस्तार कार्य किन शिथिल।