April 28, 2024

Bhimphedi Khabar

Bhimphedi Cable Network

भीमफेदीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु ।

भीमफेदी ।

२०८०/०७/४



मकवानपुरको भीमफेदीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । गएराति भीमफेदी गाउँपालिका-१ बाघझोरामा भीमफेदी बाट हेटौंडातर्फ जाँदै गरेको ना १७ प २१८९ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक भीमफेदी ६ धानगोदाम बस्ने ३४ वर्षीय सुमिन लामाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा  मोटरसाइकलको पछाडी सवार सोही स्थानका ३० वर्षीय रोमन बस्नेत घाइते भएको र उनको हेटौंडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।