
भीमफेदी
२०७९/०९/५
भीमफेदी २०७८/०९/४ गते प्रतिमा अनावरण गर्ने तयारी गरेको राष्ट्रिय लोक कबि गणेश लाल श्रेष्ठ को प्रतिमा रातको समयमा चोरी भएको कारण अनावरण कार्यक्रम लाई खोजी कार्य को लागि दवाब कार्यक्रम पश्चात प्रतिमा खोजी मा सकृय रहेका तत्कालीन भीमफेदी इलाका प्रहरी कार्यालय प्रहरी निरीक्षक सुरेन्द्र श्रेष्ठ को कमाण्ड मा खटिएका प्रहरी टोलीले भीमफेदी काठमाडौंको रूट बडा न ६ चिसापानी पुलको खोल्सोमा दिनको ४:४५ समयमा फोहोर को थुप्रो मा फालिएको अवस्थामा प्रतिमा फेला पारेको थियो।
हाल उक्त प्रतिमा इलाका प्रहरी कार्यालय भीमफेदीमा सुरक्षित राखिएको छ। मुर्ति निर्माण समिति, मुर्ति सरोकार समिति वा मुर्ति संग सम्बन्धित परिवार ले समेत सो बारे कुनै चासो नदिएको कारण मुर्ति स्थापना संम्बोधन हुन सकेको छैन।
मुर्ति फेला परेता पनि अपराधी गतिबिधि मा लागेका ब्यक्ति हरु को पहिचान गर्न प्रहरी परिचालन असफल भएको छ।एक बर्ष बित्दा पनि अपराधी पहिचान हुन सकेको छैन।
More Stories
मकवानपुर–२ मा निर्वाचित महेश बर्तौलाको धन्यवाद बिजय र्यालि प्रकाशित।
मकवानपुरमा उम्मेदवारका प्रतिनिधिबाट मतगणनाको सूचनामा आतंक
मकवानपुर क्षेत्र नं १को मतगणना आरम्भ, क्षेत्र नं २को तयारी।