March 28, 2024

Bhimphedi Khabar

Bhimphedi Cable Network

मकवानपुर–२ मा निर्वाचित महेश बर्तौलाको धन्यवाद बिजय र्यालि प्रकाशित।

भीमफेदी

२०७९/०८/१०

मकवानपुर प्रतिनिधी सभा क्षेत्र नम्बर–२ मा नेकपा एमालेका तर्फबाट निर्वाचित भएका महेश कुमार बर्तौलाले शसहद पितालाई आज घरमै गएर धन्यवाद व्यक्त गरेका छन् । मकवानपुर क्षेत्र नम्बर–२ अन्तरगत मकवानपुरगढी गाउँपालिका वडा नम्बर–५ काञ्चनथलीस्थित शहिद बासुदेब घिमिरेका पिता कृष्णप्रसाद घिमिरेलाई धन्यवाद व्यक्त गर्न घरमै पुगेका हुन् । पहिले निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराए लगतै पहिलो आर्सिवाद शहिदका पिताबाट लिएपछी चुनावी अभियान सुरु गरेका बर्तौलाले चुनाव जितीसकेपछी पनि धन्यवाद ज्ञापनको काम शहिदका पिताकै घरबाट गरेका छन् । शहिद पिता घिमिरेले पनि टिका र माला लगाइदिदै मैले चुनाव अघि टिका लगाएर दिएको आर्शिवाद पुरा भयो भन्दै खुसी व्यक्त गरे । घिमिरेले शहिदको बलिदानलाई कहिल्यै पनि नभुल्नका लागि आग्रह पनि गरे ।
दुइ नम्बर क्षेत्रबाट निर्वाचित भएपछी शहिद परिवारलाई धन्यवाद ज्ञापन गर्न पुगेका बर्तौलालाई मकवानपुरगढी –५ को सिमल्टार, कालिवन, धादिङ, भालुखोला लगायतका क्षेत्रका नागरिकले सडकमा घडा राखेर फूल मालाले स्वागत गरेका थिए । चुनावमा निर्वाचित वर्तौलाले सबैलाई धन्यवाद व्यक्त गरे ।

मकवानपुरगढी गाउँपालिका ५ काञ्चनथलीस्थित घिमिरेको घर पुगेका बर्तौलाले पिता कृष्णप्रसादको हातबाट टीका लगाउँदै आगामी पाँच वर्षको कार्यकालको शुभकामना दिनेक्रममा शहीद पीता घिमिरे निकै भक्कानीनुभयो ।
२०६२–०६३ सालको आन्दोलनकै उपलब्धीले आफु उम्मेदवार बनेको र त्यही जनआन्दोलनमा आफ्ना साथी बासुदेव गुमाउनुपरेकाले शहीद परिवारमा भेटेर मात्र धन्यवाद ज्ञापन गर्ने यो अभियान सुरु गरिएको बर्तौला बताउछन् । शहीद र शहीदका परिवारको यो उपलब्धीका कारणनै अहिलेको अवस्था आएकाले आफुले सधै सम्झने र उनीहरुको बलिदानको कदर गर्ने उनको भनाई छ ।

शहीद बासुदेव कृष्णप्रसादको कान्छो छोरा थिए । उनको जनआन्दोलनको क्रममा काठमाडौंमा प्रहरीको गोली लागेर मृत्यु भएको थियो । पिता घिमिरेले आफ्नो कान्छो छोराको रूपमा दशैंको पूर्णिमाको दिन टीका लगाएर चुनावी अभियान सुरु गरेका वर्तौलाले सफलता प्राप्त गरे । अनी परिवारमा लगेर मिठाई पनि खुवाए ।

राजनीतिक परिवर्तनका निम्ति छोराले ज्यान गुमाए पनि सरकारबाट निरन्तर अपहेलनामा परेको गुनासो गरेका कृष्णप्रसादले छोराकै साथी निर्वाचित हुदा खुसी व्यक्त गरे । उनले शहीद सम्झिएर आएजस्तै गरी निर्वाचन जितीसकेपछी शहिदका सपना नभुल्न पनि आग्रह गरे । बर्तौलाले टीका लगाउँदै बासुदेवको योगदानलाई मर्न नदिने अठोट गरे । बासुदेवले लडेर ल्याएको परिवर्तनकै कारण निर्वाचन लड्न जनतामा छोराछोरी संसदमा पुग्न पाएको भन्दै बर्तौलाले मकवानपुरले गर्व गर्नुपर्ने बताए । उनले मुलुकका लागि ज्यान दिएको बासुदेवलाई फोटोमा टाँसेर मात्र नभई पहिचान दिने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरे । २०६२/०६३ पछि भएका निर्वाचन जितेका नेताहरू शहीद परिवारकोमा खासै टेकेका थिएनन् । स्थानीय सरकार आएपछि मात्रै बासुदेवको नाममा पार्कदेखि सहयोग मिलेको थियो ।