
मिति २०७९/०७/२५
भीमफेदी
देशको दोस्रो बिध्यालय महेन्द्र माध्यमिक विद्यालयका पुर्ब बिधार्थी मिलन तथा शिक्षक सम्मान कार्यक्रम सम्पन्न गरेको छ।
पुर्ब बिधार्थी समाज २०७९ का संयोजक रमेश राज बज्राचार्य को सभापति मा कार्यक्रम पुर्ब बिधार्थी होम बहादुर थापा मगर ले सञ्चालन गरेको हो।
कार्यक्रममा पुर्ब शिक्षक प्रधान अध्यापक धन लाल श्रेष्ठ, केशव नारायण मुल्मी,रामजी यादब, शिक्षक केशब पुडासैनी, शिक्षिका मदन मानन्धर, सानुमाया दली लगायत दश शिक्षक लाइ संयोजक बज्राचार्यले सम्मान दोसल्ला सहित कदरपत्र प्रदान गरेको थियो।
कार्यक्रममा एक अन्तरक्रिया बाट पुर्ब बिधार्थी समाज २०७९ लाइ पुर्णता प्रदान गर्दै एक अक्षयकोष स्थापना गर्ने र सदस्य बाट बार्षिक प्रति सदश्य रु एक हजार संकलन गरी बिध्यालय सुधार योजना सञ्चालन गर्ने निर्णय गरेको छ साथै प्रत्येक बर्ष कार्तिक महिनामा बार्षिक साधारण सभा राख्ने निर्णय पारित गरिएको छ।
More Stories
अन्तर पालीका फुटबल खेलमा भीमफेदी गाउपालीकाको अग्रता कायमै ।
शनिबारबाट दोस्रो संस्करणको मकवानपुर जिल्लास्तरीय अन्तरपालिका फुटबल प्रतियोगिता सुरु,
भीमफेदी युवा मकवानपुर क्याम्पस स्व बि यु सभापतीमा बिजयी ।