
२०७९/०७/१४
नमस्ते मनहरी बाट साभार ,
मनहरी । नेकपा एमालेको तर्फबाट मकवानपुर –२ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार बनेका महेश बर्तौलाको चुनावी प्रचारमा एक स्कुले बालिकालाई प्रयोग गरेको पाएको छ । कक्षा १० मा मनहरी –७ स्थित एक बिद्यालयमा अध्यनरत भनिने बालिकालाई आचारसंहिता विपरित प्रचार–प्रसारमा प्रयोग गरिएको पाइएको हो ।
निर्वाचन आयोगले जारी गरेको आचारसंहितामा स्कुले बिद्यार्थी तथा बालबालिकालाई कुनै पनि दलको चुनावी प्रचार –प्रसार प्रायोग गर्न नपाईने उल्लेख गरिएको छ। तर आचारसंहिता विपरित एक बालिका उम्मेदवार बर्तौलाको पक्षमा भोट माग्दै प्रचार गरिरहेको पाइएको छ ।
निर्वाचन आयोगले बालबालिकालाई कुनै प्रकारको चुनावी कार्यक्रम तथा प्रचार प्रसारमा सहभागी गराउन नपाइने भनिए पनि बर्तौलाको प्रचारमा बालबालिका प्रयोग भएको भिडियो समाजिक सञ्जालमा अहिले छाइरहेको छ ।
भिडियोको प्रकृती हेर्दा बालिकालाई कसैबाट प्रशिक्षीत जस्तो देखिन्छ । उनले एमाले बाहेक अन्य राजनितिक दलले राम्रो काम नगरेको सम्म भन्न भ्याएको छ । अबले निर्वाचनमा एमालेका उम्मेदवार बर्तौलालाई विजयी गराएमा उनले राम्रो काम गर्ने भन्दै बर्तौलाको गुनगान गाइरहेको भिडियो सामाग्रीमा रहेको छ ।
सम्पादन गरेर बर्तौलाको प्रचार सामाग्री तस्वीर सहित भिडियो निर्माण गरेर हालिएको छ । समाजिक सञ्जालमा प्रचारात्मक भिडियो तयार गर्दा सुनियोजित रुपमा बालिकालाई प्रयोग गरि तयार गरिएको छ । बालबालिकामा समेत बर्तौलाको सकरात्मक प्रभाव रहेको देखाउन भिडियो निर्माण गरिएको देखिन्छ ।
यस किसिमका प्रचारप्रसारमा बालबालिका प्रयोग गर्न नपाइने निर्वाचन आयोगको आचारसंहितामा उल्लेख छ । निर्वाचन आचारसंहिता, २०७९ को दफा १३, राजनीतिक दल, उम्मेदवार, दलको भातृ संगठन तथा सम्बन्धित व्यक्तिले पालना गर्नु पर्ने आचरण अन्तर्गत उपदफा (१) को खण्ड (ट) मा ‘निर्वाचन प्रचारप्रसार, आमसभा तथा जुलुसमा बालबालिकाको प्रयोग गर्न वा गराउन नहुने’ व्यवस्था रहेको छ । तर आयोगको आचारसंहितालाई बेवास्ता गर्दै भोट माग्ने काममै बालबालिका प्रयोग भएको हो ।
भिडियो
More Stories
भीमफेदी गाउँपालिकामा कानुन विपरीत नदीजन्य पदार्थ चोरी निकासी ।
पाएनन् तलब शिक्षक ले, दशैं चाड रित्तो हात कृष्ण मा.बि.भैंसे।
चलचित्र ब्ल्याक छायाँ हेटौंडामा हुने विशेष शो को संकलन रकम दुवै मृर्गौला पिडीत मीना गोलेलाई ।