भीमफेदी
२०७९/०७/१३
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मकवानपुरका वरिष्ठ नेता तथा मकवानपुर प्रतिनिधिसभा क्षेत्र नं २ का उम्मेदवार राजन मैनालीले तीन वर्षमा मकवानपुरको विकास गर्न नसके राजीनामा दिने बताएका छन् ।
आज हेटौंडा उपमहानगरपालिका वडा नम्बर -११ मा कार्यकर्ता परिचयात्मक कार्यक्रममा बोल्दै मैनालीले मकवानपुरमा तीन वर्षमा विकास नभए आफूले राजीनामा दिने बताएका छन ।
कार्यक्रममा राप्रपा मकवानपुर प्रतिनिधिसभा क्षेत्र नं २ का समानुपातिक उम्मेदवार राम बहादुर थोकर, राप्रपा मकवानपुरका जिल्ला सदस्य निर्धोज खड्का, विकास वोम्जन, पूर्णिमा लोप्चन, डबल तितुङ, खुशी कार्की, माया न्यौपाने लगायतको आतिथ्यता थियो ।
More Stories
भीमफेदी वडानं ६ पुर्ण खोपयुक्त वडा घोषणा।
नेपाली सेना सल्लाघारी एल्मुनाइ एशोसिएसन भक्तपुर ध्दारा निशुल्क स्वास्थ शिबिर।
मोटरसाइकल अनियन्त्रित भएर सवार गम्भीर घाइते।