
भीमफेदी
२०७९/०७/०४
सत्ता गठबन्धनबाट मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर २ का उम्मेदवार विरोध खतिवडा र प्रदेशसभा सदस्य उम्मेदवार इन्द्रबहादुर बानियाँले १५–१५ हजार रुपैयाँ बाँडेको खुलासा भएको छ ।
नेकपा (एकीकृत समाजवादी)का खतिवडा प्रतिनिधिसभा र नेपाली कांग्रेसका बानियाँ प्रदेशसभा २ को (ख)बाट गठबन्धनका साझा उम्मेदवार छन् । उनीहरू दुवै जनाले आफ्नो निर्वाचन क्षेत्रभित्र पर्ने एउटा क्याम्पसका विद्यार्थीहरूलाई भ्रमणका लागि अग्रिम सहयोग रकम उपलब्ध गराएको खुलेको छ ।
मनहरी बहुमुखी क्याम्पसका विद्यार्थीहरूलाई खतिवडाले १५ हजार र बानियाँले १५ हजार रुपैयाँ उपलब्ध गराएको विद्यार्थीहरूले नै उल्लेख गरेका छन् । क्याम्पसको व्यवस्थापन संकायमा अध्ययनरत विद्यार्थीहरू भारतको दार्जिलिङ, सिक्कमलगायत क्षेत्रमा शैक्षिक अवलोकन भ्रमणका लागि जान लागेका हुन् ।
भ्रमणका लागि सहयोग उठाउने क्रममा खतिवडा र बानियाँले अनुरोध गरेअनुसार रकम दिएको विद्यार्थीहरूले बताएका हुन् । विद्यार्थीहरूले बानियाँ र खतिवडाको फोटो राखेर सामाजिक सञ्जालमा धन्यवाद दिएका छन् ।
नेपाली कांग्रेस मनहरी गाउँपालिका सभापति प्रकाश बर्तौलाको पहलमा खतिवडा र बानियाँले संयुक्त रूपमा मनहरी बहुमुखी क्याम्पसका विद्यार्थीलाई शैक्षिक अवलोकन भ्रमणका लागि नगद ३० हजार रुपैयाँ दिएको विद्यार्थीहरूले बताएका छन् ।
More Stories
राष्ट्रिय स्वतन्त्र पार्टिको पालीका स्तरिय भेलामा सरोज बरालको सभापतित्वमा कमिटि गठन।
अन्तर पालीका फुटबल खेलमा भीमफेदी गाउपालीकाको अग्रता कायमै ।
शनिबारबाट दोस्रो संस्करणको मकवानपुर जिल्लास्तरीय अन्तरपालिका फुटबल प्रतियोगिता सुरु,