March 29, 2024

Bhimphedi Khabar

Bhimphedi Cable Network

मकवानपुरका सयौं युवालाई रोजगारी सृजना गर्नेगरी काम गछौं– महेश बतौंला

भीमफेदी

२०७९/०७/०४

हेटौंडा । नेकपा एमालेका बागमती प्रदेशका उपसचिब तथा मकवानपुर क्षेत्र नमबर–२ का उम्मेदवार महेश कुमार बर्तौलाले मकवानपुरका सयौं युवालाई रोजगारी सृजना गर्नेगरी काम गर्ने बताउनु भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–३ बसामाडीमा एमालेले गरेको निर्वाचन परिचालन कमिटीको बैठक तथा प्रचार कार्यालय उद्घाटन् कार्यक्रममा बोल्दै उहाँले हेटौंडामा दुइवटा औद्योगिक क्षेत्र रहेको र यहाँ उद्योग खोलेर आम युवालाई रोजगरीको अवसर सृजना गर्ने बताउनुभयो ।
बेरोजगार युवाहरुलाई व्यावस्थापन गर्नका लागि औद्योगिक नीति बनाउने प्रतिवद्धता व्यक्त गर्नुभयो । युवाहरुलाई उद्यमशिलतामा लाग्नेगरी काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । जनताको सेवा गर्नेगरी यो पहिलोपटक उम्मेदवारी दिएको बताउनुभयो । आम नागरिकको दुख, सुख, अप्ठेरो सबैमा आफु जनताको सेवक बनेर काम गर्ने प्रतिवद्धता जनाउनुभयो ।


आफुले सबैको हितका निम्ती निष्ठाको राजनीति पनि रहेकाले आफ्ना एजेण्डालाई लिएर जनताको माझमा आएको बताउनु भएको छ । यो निर्वाचन केन्द्रीय सरकार निर्माण गर्ने निर्वाचन भएकाले यसमा सबैले ध्यान दिएर एमालेको पक्षमा मतदान गर्न आग्रह गर्नुभयो । ाम नागरिकको सुख, दुख भन्दा कहिले पनि बाहिर जान नसक्ने बताउनुभयो । समृद्ध नेपाल निर्माणका लागि एमाले लागिपरेकाले सबै उम्मेदवारले विजय हासिल गर्नुपर्ने बताउनु भएको छ । विश्वको दुनियामा नेपाललाई चिनाउनेगरी लाग्ने बताउनुभयो । मकवानपुरको सांसदका रुपमा जितेमा असाधारण रुपमा काम गर्ने बताउनुभयो । मकवानपुर जिल्लाको पहिचान रहनेगरी काम गर्ने उहाँले बताउनुभयो । कार्यक्रममा मकवानपुर क्षेत्र नम्बर–२ को (ख) का उम्मेदवार लालबहादुर थापाले एमालेको जितनै आम नागरिकको लागि राम्रो हुने बताउनुभयो । यस क्षेत्रको विकासका लागि आफुहरु निरन्तर जनताको माझमा रहने बताउनुभयो ।

हेटौंडा । बागमती प्रदेशका प्रथम मुख्यमन्त्री तथा एमालेका नेता डोरमणि पौडेलले तीनै तहका सरकारको नेतृत्व गर्नेगरी आफुहरु चुनावी मैदानमा लागेको बताउनु भएको छ । नेकपा एमाले हेटौंडा–१४ नम्बर वडा कमिटीको आयोजनामा भएको बैठक तथा भेलालाई संबोधन गर्दै उहाँले एमालेको नेतृत्वमा अब केन्द्र र प्रदेशको सरकार निर्माण हुने बताउनुभयो । कमल थापा एमालेको उम्मेदवार र राष्ट्रियताको पक्षमा लाग्ने नेता रहेकोले सबैले एक भएर मतदान गर्न आग्रह गर्नुभयो । राष्ट्रियताको पक्षमा केपी ओलीलाई साथ दिएर काम गरेको नेताको रुपमा थापालाई सबैले सहयोग गर्नुपर्ने बताउनुभयो ।
मंसिर ४ गते आफुहरु जित्नेगरी लाग्नका लागि कार्यकर्तालाई उहाँले निर्देशन दिनुभयो । अब दिर्घकालिन रुपमा सबैले रोजगारी पाउनेगरी काम गर्नुपर्ने बेला आएको उहाँले बताउनुभयो । मयुरधापमा औद्योगीक क्षेत्र निर्माण हुँदा स्थानीयलाई प्राथमिकता दिएर काम गरिने उहाँले बताउनुभयो । अब तीनै तहका सरकार निर्माण गर्नेगरी चुनामा लागिपरेको पौडेलले बताउनुभयो । पहिले सरकारले गरेका अधुरा काम पुरा गर्नका लागि अब एमालेको नेतृत्वको सरकार आवस्यक रहेको बताउनुभयो ।

नेकपा एमाले मकवानपुरका अध्यक्ष तथा मकवानपुर क्षेत्र नम्बर–१ को (ख) का उम्मेदवार एकालाल श्रेष्ठले आफुहरु गठवन्धनलाई हराउनेगरी चुनावी मैदानमा उत्रिएको बताउनुभएको छ । हेटौंडा–१४ मा भएको चुनावी कार्यक्रमलाई संबोधन गर्दै हेटौंडा र यस वडाको विकास गर्ने भनेको एमालेले मात्र रहेको श्रेष्ठले बताउनुभयो ।
पहिले पौडेल नेतृत्वको सरकार हुँदा भएका काम र अहिलेको सरकारले गरेका काममा धेरै अन्तर रहेको बताउनुभयो । पहिले बिकासको बाढी आएपनि अहिले प्रदेश सरकारले यस वडको विकास गर्न चासो नदिएको बताउनुभयो । यस ठाउँको विकासमा एमाले दिनरात नभनीकन लाग्नका लागि तयार रहेको बताउनुभयो । हेटौंडालाई राजधानी बनाएसंगै यहाँको विकास दु्रत गतिमा अगाडि बढाइएको बताउनुभयो । यसको विकासमा कुनैपनि कसर बाँकी नराख्ने बताउनुभयो ।