
भीमफेदी
२०७९/०३/१४
ऐतिहासिक पृथ्वी चन्द्र अस्पताल भीमफेदी हाल प्राथमिक स्वास्थ्य केन्द्र ले संचालन तथा ब्यबस्थापन समिति को पुर्णता प्राप्त गरेको छ।
शनिबार मिति २०७९ अषाढ ११ गते गाउँ पालिकाको वडानं ६ का अध्यक्ष सोम बहादुर घलान को प्रमुख आतिथ्यमा बसेको पुर्ण बैठकले स्वास्थ्य बिकास संचालन तथा ब्यबस्थापन समिति गठन गरेको हो।
नेपाल सरकार को निर्देशिका बमोजिम गाउँ पालिकाको अध्यक्ष संरक्षक रहने समिति मा स्वास्थ्य केन्द्र रहको वडा का निर्वाचित वडा अध्यक्ष पदेन अध्यक्ष, संबन्धित वडा का निर्वाचित महिला सदस्य उपाध्यक्ष, संबन्धित वडा मा रहेको माध्यमिक विद्यालय महिला प्रमुख सदस्य, संबन्धित वडा महिला स्वास्थ्य स्वयं सेविका बाट एक सदस्य, स्थानिय समाजसेवी ब्यपार ब्यवशाय बाट एक सदस्य, सम्बन्धित वडा सचिव पदेन सदस्य,र प्राथमिक स्वास्थ्य केन्द्र प्रमुख सदस्य सचिवमा चयन गरेको हो।
स्वास्थ्य समिति मा हिदम लामा,सोम बहादुर घलान, सुमित्रा वाइबा, सन्नी श्रेष्ठ,सिता घलान लामा, सुरेन्द्र राज थीके,प्रनिता पन्त तथा डा.बबिन बस्नेत रहेको छ।

समितिको पहिलो बैठक ले बिगत समितिको कार्यसम्पादन एबं सहयोगको अपेक्षा गर्दै छिट्टै दोश्रो बैठक तय गरी कर्मचारी एबं स्वास्थ्य केन्द्र को कार्यक्रम तयार गरी अगाडि बढने निर्णय गरेको छ। हाल प्राथमिक स्वास्थ्य केन्द्र को २५ शैयाको नयाँ पृथ्वी चन्द्र अस्पताल निर्माण कार्य भइरहेको ले सेवा सुबिधा मा केहि असहज परिस्थितिका बाबजुद पनि सेवाग्राहीलाई कुनै असुविधा हुन नदिन आबश्यक कार्ययोजना बनाइने अध्यक्ष सोम बहादुर घलान ले बताउनु भएको छ।
More Stories
समाजसेवी अमात्य ध्दारा मन्दिर रङ्ग रोगन ।
जन्म दिनको खुशियाली लेकालि बिधार्थीका साथ ।
मकवानपुर जिल्लाको भीमफेदी गाउँपालिकामा भलिबल संघ गठन ।