April 20, 2024

Bhimphedi Khabar

Bhimphedi Cable Network

गाउंपालिका पदाधिकारी ले कति तलब तथा सुबिधाहरू प्राप्त गर्छन।

भीमफेदी

२०७९ अषाढ १३

गाउँपालिकाको अध्यक्षको तलब सुविधा मासिक ३० हजार, उपाध्यक्षको २५ हजार, वडाध्यक्षको २० हजार, कार्यपालिका सदस्यको ६ हजार तथा सभाका सदस्यको मासिक ५ हजार रूपैयाँ कायम गरिएको छ।

यसैगरी गाउँपालिका अध्यक्षको सञ्चार सुविधा मासिक १ हजार ५ सय, दैनिक भ्रमण भत्ता दैनिक १ हजार ८ सय, विदेश भ्रमणमा गएको बेला दैनिक खर्च १ सय ५० रूपैयाँ कायम गरिएको छ।

यसैगरी उपाध्यक्षको सञ्चार सुविधा मासिक १ हजार, दैनिक भ्रमण भत्ता १ हजार ६ सय, विदेश भ्रमण गर्दा दैनिक खर्च १ सय ४० रूपैयाँ कायम गरिएको छ।

यसैगरी वडाध्यक्षको सञ्चार सुविधा मासिक ८ सय, दैनिक भ्रमण भत्ता १ हजार ५ सय तथा विदेश भ्रमण गर्दा दैनिक खर्च १ सय २५ रूपैयाँ कायम गरिएको छ।

कार्यपालिका सदस्य र सभा सदस्यको दैनिक भ्रमण भत्ता १ हजार ५ सय रूपैयाँ काम गरिएको छ। यसैगरी विदेश भ्रमणमा गएको बेला दैनिक १ सय २५ रूपैयाँ कायम गरिएको छ।

सबै पदाधिकारीको यात्रा बिमा प्रतियात्रा १० लाख रूपैयाँ कायम गरिएको छ। यसैगरी बैठक भत्ता प्रतिबैठक ५ सय रूपैयाँ तोकिएको छ।