
भीमफेदी
२०७८/१२/१८
नेेपाल कम्युनिष्ट पार्टी एमाले को आज चुनाबि प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।
भीमफेदी गाउँ पालीका को सकृय राजनैतिक पार्टी हरुको गठबन्धन को सेरोफेरो बिच नेकपा एमालेे एकल शक्ति शसक्त चुनाबि मैदानमा उत्रिने संकल्पका साथ जनतको बिच जाने निर्णय साथै प्रशिक्षण सम्पन्न भएको छ।
नेकपा एमाले भीमफेदी गाउँ कमिटि अध्यक्ष सानु थापाको अध्यक्षतामा नेपाल कम्यूनिष्ट पार्टी एमाले बागमती प्रदेश उप सचिव महेश बर्तौलाको प्रमुख आतिथ्य मा सम्पन्न कार्यक्रममा नेपाल कम्यूनिष्ट पार्टी एमाले बागमती प्रदेश सदश्य तथा भीमफेदी सहजकर्ता भगवती पुडासैनी, जिल्ला कमिटी सचिवालय सदस्य भीमफेदी ईञ्चार्ज द्रोणभद्र पुडासैनी, सचिवालय सदस्य पार्वती राना, जिल्ला कमिटी सदश्य, गाउँ पालीका कमिटी कार्यसमिति, वडा कमिटी पदाधिकारी,टोल कमिटी संयोजक, जनवर्गीय कमिटी प्रमुख गरी दुई सय सहभागिता मा कार्यकर्ता लाइ प्रशिक्षण गरेको हो।
कार्यक्रममा प्रमुख अतिथि लगायत तहगत सबै ले छुट्टाछुट्टै बिषयगत प्रशिक्षण गरेको थियो।
कार्यक्रम बिच अन्यदल परित्याग गरि एमालेमा प्रवेश गरेका लाइ जिल्ला उपसचिव हिदम लामाले स्वागत गरेका थिए।यसै क्रममा तत्कालीन जनयुद्ध भीममफेदी भि सि कमाण्डर इश्वर बर्तौला माओवादी परित्याग गरि एमालेमा प्रवेश गरेका थिए।
More Stories
अन्तर पालीका फुटबल खेलमा भीमफेदी गाउपालीकाको अग्रता कायमै ।
शनिबारबाट दोस्रो संस्करणको मकवानपुर जिल्लास्तरीय अन्तरपालिका फुटबल प्रतियोगिता सुरु,
भीमफेदी युवा मकवानपुर क्याम्पस स्व बि यु सभापतीमा बिजयी ।