April 26, 2024

Bhimphedi Khabar

Bhimphedi Cable Network

भीमफेदी स्थानीय तहमा भोलि शुक्रबार निर्वाचन लक्षित पार्टी प्रशिक्षण

भीमफेदी

२०७८/१२/१७

नेकपा एमालेले भीमफेदी स्थानीय तहमा भोलि शुक्रबार निर्वाचन लक्षित पार्टी प्रशिक्षण कार्यक्रम हुने भएको छ ।

पार्टी प्रदेश र केन्द्रीय कमिटीबाट खटिएका प्रशिक्षकले प्रशिक्षण दिने कार्यक्रम तय भएको एमाले भीमफेदीका अध्यक्ष सानु थापा ले जानकारी दिए ।

बिहान ८ बजे बाट सञ्चालन हुने कार्यक्रममा २ सय पार्टी कार्यकर्ता प्रशिक्षण कार्यक्रममा सहभागी हुने तयारी गरिएको छ ।

निर्वाचनमा मतदातालाई मतदान गर्न सिकाउने, पार्टीको जनपरिचालन अभियानका बारेमा कार्यकर्तालाई प्रशिक्षित गर्ने र चुनावी एजेन्डा तय गर्ने लगायतका प्रशिक्षणका विषय राखिएको अध्यक्ष थापाले बताए ।