
भीमफेदी ।
२०७८/१२/१
जिल्लाको भीमफेदी गाउँपालिका वडा नंबर २ को आँपचौरमा टर्की कुखुरामा बर्डफ्लु देखिएको जिल्ला पशु सेवा कार्यालय मकवानपुरका प्रमुख डा ब्रजकिशोर ठाकुरले जानकारी दिए ।
उनका अनुसार उक्त क्षेत्रमा पालिएको कुखुरा मर्न थालेपछि ल्याब परीक्षणको लागि काठमाण्डौ पठाईएको थियो । ल्याब परीक्षण गर्दा बर्डफ्लु संक्रमण भएको पुष्टि भएको प्रमुख यादवले बताए ।
उनका अनुसार बर्डफ्लु देखिएको क्षेत्र प्रशासनको नियन्त्रणमा रहेको र उक्त स्थानमा पालिएको कुखुराहरु नष्ट गर्ने तयारी भईरहेको छ ।
पछिल्लो समय देशको विभिन्न स्थानहरुमा बर्डफ्लु रोग पुष्टि भईरहेको छ । मकवानपुरमा भने यस वर्ष पहिलो पटक बर्डफ्लु संक्रमण देखिएको हो ।
More Stories
अन्तर पालीका फुटबल खेलमा भीमफेदी गाउपालीकाको अग्रता कायमै ।
शनिबारबाट दोस्रो संस्करणको मकवानपुर जिल्लास्तरीय अन्तरपालिका फुटबल प्रतियोगिता सुरु,
भीमफेदी युवा मकवानपुर क्याम्पस स्व बि यु सभापतीमा बिजयी ।