
नेवा: जातीले मनाउने भिं द्य र अन्य सबै जातीले मनाउने भीम द्य अत्यन्त फरक हो ।भीमफेदीमा रहेको भिं द्य सना गुठी भिँ द्य: अर्थात असल देवताको नामाकरणमा हो , महाभारतकालिन पाँच पाण्डवको माहिला भाइ भीम होइन ।

:सुरेन्द्र थीके ।
भिँ द्य: अर्थात असल देवता, नेवारहरूले मल्ल काल देखी मान्दै आएको देवताको नाम हो ।
यो देवता महाभारतकालिन पाँच पाण्डवको माहिला भाइ भीम होइन । यस्तैमा प्रचलित काठमाडाै भिँ द्य: त्वा मा प्रचलित एउटा किंवदन्तीको चर्चा गरौ ।
मल्लकालका एक राजासंग दोलखाको राजकुमारीको बिबाह भए पछि दोलखाका राजाले छोरीको साथ एक ज्यापूलाई पनि सेवकको रूपमा पठाएका थिए । उनि मोटाघाटा र बलिया थिए । राजाले त्यहि ज्यापूलाई हालको छाउनी क्षेत्रमा रहेको खेतको सम्पूर्ण जिम्मा दिए । असारको रोपाइको बेला सबैको खेतमा रोपाइ शुरू हुदा पनि उनले खेती नगरी बसेको थाहा पाए पछि राजा सोही खेतमा गइ उनलाइ बोलाएर गाली गरे । तर ज्यापूले राजालाई नरिसाइ शान्त भएर एकैछिन आखा बन्द गर्न अनुरोध गरे । एकैछिन पछि आखा खोलेर हेर्दा धान रोपिसकेको देखे । आश्चर्यित भएका राजाले के कसरी भयो भनेर सोध्न थाले । तर उनले पून आखा बन्द गरेर खोल्न राजालाई अनुरोध गरे । फेरी धान लहलहाएको थाहा पाए । यसरी ज्यापूको शक्ती देखेका राजाले क्षमा माग्दै को हो भनेर बुझ्न चाहे ।
ज्यापूले आफू पद्मपाणी लोकेश्वर करूणामयको अवतार हो भने पछि राजाले ज्यापूलाई कहा बस्ने प्रबन्ध मिलाउ भनेर सोध्दा मेरो तेश्रो पाइला जहा पर्छ त्यहि स्थानमा चोखोनिढो पारेर बिधिबिधानपूर्वक प्रतिस्थापन गर्न आग्रह गरेपछि विष्णुमतीको किनारमा भिँ द्य: त्वा (असल देवताको स्थान) अर्थात हालको भिमसेनस्थानमा प्रतिस्थापन गरिदिए । यसरी प्रतिस्थापन गरेपछि प्रत्येक साँझ उनि डुल्न निस्कन्थे ।
जहा उनको आँखा पर्दथ्यो त्यो पसलको ब्यापार निकै धेरै हुन्थ्यो । त्यसैले सबै ब्यापारीले भिम्ह द्य (असल देवता) भन्दै पूजा गर्न थाले । कालान्तरमा भिम्ह द्यलाइ भिमसेन भन्न थाले ।ब्यापार गर्न रूचाउने नेवारहरूले पूजा गर्दै आएको भिँ द्य: लाई आफु जहा गए त्यहा प्रतिमुर्ति साथमा लग्ने तान्त्रिकविधीबाट प्राणप्रतिष्ठा गर्ने र मन्दिर बनाइ पूजा गर्ने प्रचलन रह्यो । यहि क्रममा पोखरामा पनि भिँ द्य: त्वा हालको भीमसेन टोल, जहा सबै भन्दा पहिले नेवार आएर बसेको मान्यता छ, मा पनि भिँ द्य स्थापना गरिएको थियो ।
यस्तै पोखराको अर्घौमा पनि नेवारहरूले भिँ द्य को मन्दिर बनाएको हामी पाउछौ । पोखरामा मात्र होइन नेपालका प्रमुख शहरहरू जहा नेवारहरूको बस्ति छ, त्यहा भिँ द्यको स्थापना गरिएको छ । कतिपय स्थानको यसरी नेवारहरूले स्थापना गरिएको भिँ द्यको मन्दिरमा भिँ द्यको साथमा द्रौपदी तथा नकुल सहदेवको पनि मुर्ति राखेर भिमसेन बनाइएको छ ।
यसरी पछिका पिढीले भिमसेन र भिँ द्य:को भिन्नता नै थाहा पाउन छोडिसके । अव त नेवारहरू नै भिँ द्य: भन्दा भिमसेन मन्दिर भन्न रूचाउछन् ।
More Stories
भीमफेदीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु ।
ओली सरकार र बागमती प्रदेशमा डोरमणि पौडेलको सरकारले सिन्को भाँचेन, बिरोध खतिवडा
बढि लिईएको भाडा सम्बन्धित यात्रुलाई फिर्ता गराई सवारी चालकलाई जरिबाना।