
भीमफेदी
२०७८ अषाढ १६
मकवानपुर जिल्ला भीमफेदी गाउपालीकाको गौरबको योजना “भीमफेदी कोगटे” निर्माणाधिन सडकमा स्थानीयको तिब्र बिरोध थालनी भएको छ।
सगुन कन्स्ट्रक्सनले निर्माण थालेको उक्त सडक बोलपत्र कबोल देखीनै बिबादस्पद बनेको छ।छब्बिस करोडको यो कार्य कम मुल्यमा बोलपत्र कबोल गरेर गुणस्तरीय कार्य निर्माण हुनेमा स्थानिय पहिले देखी ससंकित थियो।यस बिषयमा निर्माण सुरुवादमा नै ब्यबस्थापनको गाउपालीका बैठक मा स्थानियको धारणा सार्बजनिक भइ सकेको थियो।तर त्यस बखत उपस्थित माननिय सभासदले नै ” गर्छु भन्ने बहादुर आउछ भने हामीलाई के आप्पती भो र” भन्ने बाक्य संबोधन भएको थीयो ।


सगुन कन्स्ट्रक्सनले निर्माण थालेको उक्त सडक को पक्की पर्खाल ढल निर्माण देखी प्राबधिक स्तरमा सिमेण्ट बालुवा तथा मिश्रण गुणस्तरहिन भएको गुनासो आइ रहेता पनी स्थानिय गाउपालीकाले यस बिषयमा केहि नबोलेको तथा दैनिक गाउ पालीका अध्यक्ष,उपाध्यक्ष ,तथा अनुगमन समितिका पदाधिकारी आवत जावत गर्दा पनी सचेत नगरेको बताउछन स्थानिय।नाम नबताउने शर्तमा भन्छन” यो काममा गाउपालीकाको पनी फाईदा छ कि के हो” ठेकेदार सग।


तर गाउपालीकाको भनाइ भने बेग्लै छ।स्थानियले पनी सामाजीक सञ्जालमा मात्र गुनासो गर्नु भन्दा समुदायले सामुहिक रुपमै हस्ताक्षर संकलन सहित संबन्धित निकाएमा गुनासो गर्दा राम्रो हुने आफनो परिचय नखुलाउन अनुरोध सहित बताउछन् ।
यस बाटो निर्माण बारे कालोपत्र सबै निर्माण संगै खाल्टो पर्न थाले पछी स्थानिय सामाजीक सञ्जाल मार्फत आफ्नो गुनासो ब्यक्त गर्न थलेका छन। यसै बिषयमा जिल्ला समन्वय समिति उपप्रमुखले भने सामाजीक सञ्जाल मार्फतनै सगुन कन्स्ट्रक्सनले निर्माण थालेको उक्त सडक बारे यस्तो ब्यक्त गरेका छन्।

स्थानियको जस्तो जुन प्रकारको अभीब्यक्त आएता पनि गाउपलीका स्थानीय सरकार भएकोले जुन क्षेत्रको बजेट बाट योजना सञ्चालन भएता पनि राम्रो नराम्रो को भागीदार स्थानिय नै भएकोले यस प्रती उच्च चासोका साथ प्रक्रिया बढाउनु पर्ने देखिन्छ। केहि दिन अगाडी मात्र सडक निर्माण ट्रुटिका कारण सगुन कन्स्ट्रक्सनकै कालो अलकत्रा बोकेको साधनको दुर्घटना भएको थीयो ।

More Stories
भीमफेदी गाउँपालिकामा कानुन विपरीत नदीजन्य पदार्थ चोरी निकासी ।
पाएनन् तलब शिक्षक ले, दशैं चाड रित्तो हात कृष्ण मा.बि.भैंसे।
चलचित्र ब्ल्याक छायाँ हेटौंडामा हुने विशेष शो को संकलन रकम दुवै मृर्गौला पिडीत मीना गोलेलाई ।