April 18, 2024

Bhimphedi Khabar

Bhimphedi Cable Network

जुर्यो भीमसेन क्षेमापुजाको साईत,सुरक्षित अपनाई पुजा गरीने ।

OLYMPUS DIGITAL CAMERA

भीमफेदी

२०७८ अषाढ १५

यस बर्ष सदियौ देखी चलीआएको भीमफेदी भीमसेन क्षेमा पुजा यहि आगामी असाढ १९ गते शनिबार हुने भएको छ। यस बर्षको अन्तिम शनिबार पुजा हुने भनेता पनी उक्त दिन शनिबार औसि तिथि परेको हुनाने एक साता अगाडी सरेको हो ।

गत बर्ष झै यस बर्ष पनी भक्तजन हरु बाट आफ्नै घरमा तयारी बस्तु बारा माछा मासु अण्डा गेडागुडी लगाएत चिउरा रक्सी फलफुल मन्दिरमा उपलब्ध गराउन भीमसेन मन्दिर संरक्षण तथा ब्यबस्थापन समितिले तयारी गरेको बताएको छ।

भक्तजनले उपलब्ध गराउने फलाहार तथा प्रसादी भीमसेन मन्दिर संरक्षण तथा ब्यबस्थापन समितिले जानकारी गराउन अनुरोध गरेको छ।

मन्दिरमा घुइचो नबढाउन सामाजीक दुरी तथा स्वास्थ्य सुरक्षा अपनाउन पनि अनुरोध गरेको छ।नित्य पुजा बिहानी बाट हुने तथा क्षेमा पुजा दिउसो तिन बजे बाट हुने छ ।पुजा पश्चात प्रसादी बितरण हुने बताईएको छ।