November 29, 2023

Bhimphedi Khabar

Bhimphedi Cable Network

भीमफेदी गाउपालीकाले बजार अनुगमन गर्ने,दैनिक उपभोग्य बस्तुको मुल्य सुची अनिबार्यता।

भीमफेदी

२०७८ बैशाख २७

                भीमफेदी गाउपालीका बजार अनुगमन समितिले कोबिद १९ लकडाउन समयमा बजारमा उपभोग्य सामान अभाब गराउने तथा मुल्य बढाइ बिक्रि बितरण हुन सक्ने जनगुनासो लाइ मध्य नजर गर्दै बजार अनुगमन लाइ तिब्र गरेको छ।

                  आज बजार अनुगमन तथा ब्यबस्थापन समितिको संयोजक पार्बती रानाको अध्यक्षतामा बसेको बैठकले दैनिक उपभोग्य बस्तु बिक्रि बितरण तथा तरकारी पसलमा मुल्य सुचि अनिबार्यता गर्ने निर्णय गरेको छ।

   भीमफेदी रुट भइ सञ्चालन हुने यातायात साधन तथा अटोमा निर्धारीत भाडा दर टांस गर्न अनिबार्यता गर्ने निर्णय गरीएको छ।

    यसै गरी कोबिदको संक्रमण बाट सुरक्षीत रहन जिल्ला प्रशासन कार्यालयले प्रदान गरेको सुचना लाइ तदारुकताका साथ कडाइ गर्ने निर्णय गरेको छ।बैठकमा सदश्य ६ नं वडा अध्यक्ष सिताराम थापा,२ नं वडा अध्यक्ष काशीराम बज्यु,इलाका प्रहरी कार्यालय प्रमुख प्र  नि सुरेन्द्र श्रेष्ठ,सदश्य सचिब स्वास्थ्य संयोजक रामनाम थिं र संञ्चारकर्मि सुरेन्द्र थिकेको उपस्थित रहेको थियो।