
भीमफेदी हात्तीसार संग्रहालय जिप लाईन सहितको पार्क निर्माण हुदै।
२०७७/०७/२५
भीमफेदी
राणाकालीन हात्तीसार संग्रहालय स्थानीय सरकार, संघीय प्रदेश सरकार तथा केन्द्रीय सरकारको संयुक्त पहलमा सुबिधा युक्त स्विमिङ पुल सहितको आकर्षक पार्क निर्माण हुने गाउँपालिका अध्यक्ष हिदम लामाले बताउनु भएको छ।
यसैगरी भीमफदी खोर भञ्ज्याङ्ग बाट हात्तीसार निकट सम्मको जिप लाईन पर्यटकीय क्रिडास्थल पनि बन्ने गुरु योजना रहेको आज भएको कार्यक्रममा प्रष्ट पारीएको थियो।
हाल बन कार्यालय मातहतमा रहेको बत्तिस रोपनी जग्गामा बिभिन्न योजना सहितको निर्माण संगै आकर्षक प्रबेश द्वार , बेलायती महारानी ऐलिजाबेथ द्दितिय प्रतिमा सहित श्री ३ महाराज जंगबहादुर राणाको शालिक,दुई वटा हात्ती को मुर्ति स्थापना गर्ने कार्य थालनी भइसकेको छ।
बागमती प्रदेश सरकार उधोग पर्यटन बन तथा वातावरण मन्त्री अरुण नेपाल को उपस्थिति मा भएको आज एक बैठकमा सो बारे अवगत गराएको हो। बैठको अध्यक्षता भीमफेदी गाउँपालिका अध्यक्ष हिदम लामाले गरेका थिए। बैठकमा बागमती प्रदेश सरकार उधोग पर्यटन बन तथा वातावरण मन्त्रालय सचिव सिन्धु प्रसाद ढुंगाना लगायत को उपस्थित थियो।
More Stories
भीमफेदी गाउँपालिकामा कानुन विपरीत नदीजन्य पदार्थ चोरी निकासी ।
पाएनन् तलब शिक्षक ले, दशैं चाड रित्तो हात कृष्ण मा.बि.भैंसे।
चलचित्र ब्ल्याक छायाँ हेटौंडामा हुने विशेष शो को संकलन रकम दुवै मृर्गौला पिडीत मीना गोलेलाई ।