March 29, 2024

Bhimphedi Khabar

Bhimphedi Cable Network

दैनिक चारसय भन्दा बढि साना गाडी काठमाडौं प्रबेश।

दैनिक चारसय भन्दा बढि साना गाडी काठमाडौं प्रबेश

।भीमफेदी२०७७ असाेज ५

हेटाैडा भीमफेदी कुलेखानी हुँदै दैनिक तीन सय भन्दा बढि टाटा सुमाे सेवा लगायत सय भन्दा बढि निजि साना सवारी साधन र हजाराै माेटर साईकल काठमाडौं प्रबेश हुने भीमफेदी ईलाका प्रहरीकाे अभीलेख बाट देखीएकाे छ। असाेज १ गते देखि सञ्चालनमा आएकाे सवारीसाधन बाट दैनिक टाटासुमाे बाट मात्रै पनि चार हजारकाे हाराहारीमा यात्रु यात्रा गरेकाे देखिन्छ।निजि सवारी साधन र माेटर साईकल यात्रु समेत गणणामा ल्याउने हाे भने दैनिक भीमफेदि कुलेखानी छाेटाे दुरीमा संञ्चालित यातायात साधन बाट मात्रै पनि सात हजार यात्रु दुई तर्फि आते जाते गरेकाे बुझिएकाे छ। भीमफेदी ईलाका प्रहरी कार्यालयकाे अभीलेख अनुसार आजकाे मितिमा मात्रै तीन सय तीस यात्रुबाहक टाटा सुमाे हेटाैडा बाट भीमफेदी हुँदै काठमाडौं प्रबेश भएकाे तथा तेस्तै हाराहारीमा काठमाडौं बाट पनि हेटाैडा प्रबेश भएकाे प्रहरी निरक्षक सुरेन्द्र श्रेष्ठ ले बताउनु भएकाे छ। यातायात खुल्ला भए पछी यात्रुकाे आते जाते र देशमा महामारीकाे रूपमा लिएकाे काेराेना काे संक्रमणमा नागरिक र यात्रु तथा यातायात सञ्चालकले अपनाउनु पर्ने सुरक्षा लाई बिशेष प्राथमिकता का साथ अवलम्बन गर्नु पर्ने बताउनु हुन्छ यस रूटमा सञ्चालनमा रहेका हाेटल ब्यबशायी।

होण्डा युनिकोन बाईक बिक्रिमा ।

72Badri Sapkota, Dhruba Lamichhane Dpl and 70 others2 Comments3 SharesLikeCommentShare