
भीमफेदी
२०७९ चैत्र ६
मकवानपुर बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को सभापतिमा अखिल क्रान्तिकारीका छोइसाङ लामा विजयी भएका छन् ।
सोमबार बिहान सार्वजनिक भएको अन्तिम मतपरिणाम अनुसार लामा ८ सय १३ मतसहित विजयी भएका हुन् । उनका निकटतम् प्रतिस्पर्धी अनेरास्ववियुका नवराज शर्माले ६ सय ८२ मत प्राप्त गरे ।
यसैगरी स्ववियु सचिवमा क्रान्तिकारीका वर्षाद घिमिरे, कोषाध्यक्षमा अनेरास्ववियुको हिमानी कुमारी सुवेदी निर्वाचित भएका छन् ।
सदस्यहरुमा अनेरास्ववियुबाट प्रसिद्ध रेग्मी, प्रशन श्रेष्ठ, कुशल पराजुली, दिपेश कार्की र झरना थिङ निर्वाचित भएका छन् भने क्रान्तिकारीबाट नारायण पुडासैनी, सुजन सिलवाल, राहुल डिम्डुङ निर्वाचित भएका छन् ।
More Stories
समाजसेवी अमात्य ध्दारा मन्दिर रङ्ग रोगन ।
जन्म दिनको खुशियाली लेकालि बिधार्थीका साथ ।
मकवानपुर जिल्लाको भीमफेदी गाउँपालिकामा भलिबल संघ गठन ।