December 6, 2022

Bhimphedi Khabar

Bhimphedi Cable Network

अटोमोवाइल एफआइए (FIA) द्वारा मोटरस्पोर्ट गेम्सको आज समापन हुने । उक्त प्रतियोगितामा भीमफेदी चेली जिस्वाँ तुलाधारको सहभागिता।

भीमफेदी

२०७९/०७/१२

। मोटर स्पोर्टसको अन्तर्राष्ट्रिय महासंघ फेडेरेशन इन्टेरनेशनल डे अटोमोवाइल एफआइए (FIA) द्वारा फ्रान्सको मार्सेली सहरमा सञ्चालन भइरहेको मोटरस्पोर्ट गेम्सको आज समापन हुने भएको छ । उक्त प्रतियोगितामा अनिल बराल, जिस्वाँ तुलाधार तथा दिप्रश शाक्य नासा नेपालको तर्फबाट सहभागी भएका छन् ।

सो प्रतियोगितामा नेपाली टिम क्रमशः अटोस्लोम / कार्तिङ्ग स्प्रिङ सिनियर बिधामा सहभागी भएका हुन् । अक्टुबर २६ बाट जारी खेल आज सकिदैछ । सो वोल्र्ड इभेन्टमा १७ भन्दा बढी विधा समावेश गरिएको छ ।

संसारमै अत्यन्तै लोकप्रिय भनिएको मोटरस्पोर्ट नेपालमा भने ढेड दशक अगाडिबाट संस्थागत शुरुवात भएको हो । विश्वमै यसका दुई दर्जन भन्दा बढी अन्तर्राष्ट्रिय प्रतिस्पर्धा भइरहेको अवस्थामा झन्डै ओलम्पिक फम्यार्टमा भने केहि वर्ष अगाडि मात्र मोटर स्पोर्ट गेम्सको शुरुवात भएको हो ।

प्रतियोगितामा नेपाली टिम सेलेक्सन राउण्डमा पराजित भएपनि उत्कृष्ट प्रदर्शनका लागि अधिकांश देशका सहभागीले प्रशंसा गरेको बताइएको छ । उक्त प्रतियोगितामा यदुराज लामिछाने, सृजना बराल र टीकाराम यात्री अफिसियल तथा मिडिया पर्सनको भूमिकामा सहभागी छन् ।