
भीमफेदी
२०७९/०७/०५
राष्ट्रिय स्वतन्त्र पार्टी भीमफेदी इकाइले आज एक समारोहका विच मतदाता संग भेटघाट कार्यक्रम आयोजना गरेको छ।
भीमफेदी गाउँ पालीका सभापति साजन घोलेको सभाअध्यक्ष तथा राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय सभापति रबि लामिछाने को प्रमुख अतिथिमा आयोजना गरेको कार्यक्रममा प्रतिनिधि सभाको “ख”का उम्मेदवार भरत पराजुली, मकवानपुर जिल्ला सभापति राजकुमार न्यौपाने, बागमती प्रदेश सदस्य बिरेन्द्र थापा लगायतको उपस्थिति रहेको थियो।

भीमफेदी धानगोदम बाट पैदल स्वागत र्याली गर्दै ज्यासलटोल पार्टी कार्यालय मा पुगेर कोणसभामा परिणत भएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै लामिछानेले सुरुङमार्ग देखि स्थानीय निकाय सम्म भएका आर्थिक अनियमिता को फाइल अब खुल्ने प्रतिबध्दता गर्दै अब पार्टी बदल्ने होइन मत बदल्न अनुरोध गरेको छ।
राष्ट्रिय पार्टी का उम्मेदवार ले प्रतिबद्धता गरेका हरेका शब्द लाइ टिपेर राख्न तथा बिजयको माला पहिराइ दिए हरेक पुरा गर्ने,नगरे बिच चौराहामा जन कार्वाही भोग्न आफु तयार रहेको बताएका छन्।
More Stories
राष्ट्रिय स्वतन्त्र पार्टिको पालीका स्तरिय भेलामा सरोज बरालको सभापतित्वमा कमिटि गठन।
अन्तर पालीका फुटबल खेलमा भीमफेदी गाउपालीकाको अग्रता कायमै ।
शनिबारबाट दोस्रो संस्करणको मकवानपुर जिल्लास्तरीय अन्तरपालिका फुटबल प्रतियोगिता सुरु,