
भीमफेदी
२०७९/०६/३१
थाह नगरपालिका वडा न ११ र १२ को नेकपा एमाले पार्टी वडा कमिटीको आयोजनामा उम्मेदवार भेटघाट कार्यक्रम टिस्टुङ्ग झाप्रेमा सम्पन्न भएको छ।
निर्वाचन लड्ने हो भने बिरोध खतिवडा र कुमारी मोक्तान ले आफ्नै निर्वाचन क्षेत्रमा लडे हुन्छ ।प्रतिनिधि सभामा म माओबादी केन्द्र र काँग्रेसको साझा उम्मेदवार भएको नेकपा एमाले उम्मेदवार महेश बर्तौला ले बताएको छ।
म बिद्यार्थी राजनिती बाट आएको हुंदा सार्बजनिक शिक्षाको गुणस्तर सुधारमा काम गर्ने छु।
एक थान फुलि थप्नको लागि निर्वाचनमा होमिएको हैन । जनाको बिकास, नीति निर्माण तथा सुख दुखमा संगै साथ रहने उद्देश्यले चुनाव लड्दै छौं ।
गठबन्धनको नाममा आज जो उम्मेदवार बन्दै छन् २०७४ सालको निर्वाचन जितेर पाँच बर्षसम्म मुखै नदेखाएका गठबन्धन का पाहुना लागेको बताए। कार्यक्रम लाइ संबोधन गर्दै
थानकोट चन्द्रागिरी चित्लाङ्ग सडक स्तरिकरण मेरो प्राथमिकताको बिषय हो ।मुलाबारिमा राष्ट्रिय बिभुती पार्क निर्माण गर्न सकिने र पर्यटकलाई आकर्षण गर्न सकिने योजना नेकपा एमालेका रहने बताइएको छ।
कार्यक्रम मा सहभागी थाहा नगरपालिका ११ का सानो प्रेम बहादुर आले मगरले चिन्ता व्यक्त गर्दै गठबन्धन का उम्मेदवार बिरोध खतिवडाले हामिलाई माउ मरेको चल्ला बनाए भन्दै रोष ब्यक्त गरे।
More Stories
अन्तर पालीका फुटबल खेलमा भीमफेदी गाउपालीकाको अग्रता कायमै ।
शनिबारबाट दोस्रो संस्करणको मकवानपुर जिल्लास्तरीय अन्तरपालिका फुटबल प्रतियोगिता सुरु,
भीमफेदी युवा मकवानपुर क्याम्पस स्व बि यु सभापतीमा बिजयी ।