
भीमफेदी
२०७९/०२/२४
मकवानपुरको भीमफेदी गाउँपालिका बजेट बनाउने तयारीमा जुटेको छ । आगामी आर्थिक वर्ष २०७८/७९ का लागि पालिकाले बजेट बनाउने तयारी गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमलाल महर्जनले जानकारी दिनुभयो ।
गाउँपालिकाले वडाहरुलाई ८० लाखको बजेट सिलिङ तोकेको छ । गत शुक्रबार बसेको कार्यपालिकाको प्रथम बैठकले यस्तोे निर्णय गरेको प्रशासकीय अधिकृत महर्जनले जनकारी दिनुभयो । बैठकले पाँच वटा विषयगत समिति पनि गठन गरेको छ । पूर्वाधार विकास समितिमा जहारसिं लामा संयोजक रहनुभएको छ । सामाजिक विकास समितिमा प्रकाश पुडासैनी, आर्थिक विकास समितिमा काशीराम बज्यू, वन, वातावरण तथा विपद् व्यवस्थापन समितिमा सोम बहादुर घलान र संस्थागत विकास, सुशासन तथा सेवा प्रवाह समितिमा मित्रबन्धु सिंजाली संयोजक रहनु भएको महर्जनले बताउनु भयो ।
More Stories
भीमफेदी गाउँपालिकामा कानुन विपरीत नदीजन्य पदार्थ चोरी निकासी ।
पाएनन् तलब शिक्षक ले, दशैं चाड रित्तो हात कृष्ण मा.बि.भैंसे।
चलचित्र ब्ल्याक छायाँ हेटौंडामा हुने विशेष शो को संकलन रकम दुवै मृर्गौला पिडीत मीना गोलेलाई ।