December 11, 2023

Bhimphedi Khabar

Bhimphedi Cable Network

“ओली को उम्मेदवार हराउन नसके गठबन्धन ले लाज ढाक्ने ठाउं हुन्न।”नेपाली कांग्रेस जिल्ला अध्यक्ष, बुद्ध लामा ।

भीमफेदी

२०७९/०१/१८

आसन्न स्थानीय निर्वाचन को प्रचार प्रसार कार्यक्रम अनुसार आज पांच दलिय गठबन्धन ले भीमफेदी गाउँ पालीका वडानं ६ मा उम्मेदवार परिचय तथा कोणसभा गरेको छ।

नेपाल कम्यूनिष्ट पार्टी माओवादी केन्द्रीय सदस्य प्रमिला लामा (श्रध्दा)को प्रमुख आतिथ्य तथा भीमफेदी गाउँ पालीका वडानं ६ नेपाली कांग्रेस सभापति सोम बहादुर घलान को सभापतित्वमा भएको हो।

कार्यक्रममा नेपाली कांग्रेस जिल्ला सभापति बुध्द लामा, जिल्ला उपसभापति आनन्द कठायत,महा समिति सदस्य जयराम लामिछाने, महासमिति सदस्य शान्ता बि क, माओवादी प्रदेश सदस्य अप्सरा लामा, नेपाली कांग्रेस जिल्ला सदस्य गोपिराम बल, माओवादी जिल्ला सदस्य बुध्द स्याङ्तान लगायतका आतिथ्य रहेको थियो।

कार्यक्रम लाइ संम्बोधन गर्दै गठबन्धन का भीमफेदी गाउँ पालीका प्रत्यासी अध्यक्ष उम्मेदवार बुध्द स्याङ्तान ले नेकपा एमाले बाट आचार संहिताको उल्लघंन गर्दै भीमफेदी गाउँ पालीका वडानं ५ भस्मेमा सात परिवार लाइ दुईबोरा चामलका दरले चामल बितरण गर्दै मतदाता लाइ प्रलोभन गरेको आरोप लगाए।

नेपाली कांग्रेस जिल्ला सभापति बुध्द लामाले ओलीको आलोचना मा पुरै मन्तब्य बिताए।ओलिका उम्मेदवार पराजित गर्न सकेन भने पांच दलले आफनोलाज छोप्ने स्थान नहुने बताए।

नेकपा माओवादीका भीमफेदी सचिव रंजित रानाले संचालन गरेको कार्यक्रममा १-९सम्मका गठबन्धन उम्मेदवार को परिचय गरेका थिए।