April 26, 2024

Bhimphedi Khabar

Bhimphedi Cable Network

भिमफेदी–५ मा नेकपा समाजबादी को भेला।

भीमफेदी

२०७८/०९/११

नेकपा एकिकृत समाजवादी भिमफेदी गााउपालिका अन्तर्गत वडा नं पाँच स्तरीय कार्यकर्ता भेला सम्पन्न भएको छ । शनिबार भएको कार्यकर्ता भेलाबाट वडा स्तरीय पार्टी कमिटी र युवा संघ गठन गरिएको छ । 
नेकपा एकिकृत समाजवादीका केन्द्रीय निर्वाचन आयोगका सदस्य रामचन्द्र बलको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा समाजवादी प्रेस संगठन नेपालका उपाध्यक्ष तथा पार्टीका केन्द्रीय प्रचार विभाग सदस्य शन्तराम बिडारी र पार्टीका मकवानपुर जिल्ला उपाध्यक्ष तथा हेटौेडा उपमहानगर पालिकाका उपमेयर मिना लामा विशिष्ट अतिथि रहनुभएको थियो  ।
कार्यक्रमा जिल्ला सचिवालय सदस्य तथा भिमफेदी इन्चार्ज शिवहरी बर्तौला, अनेमसंघ जिल्ला अध्यक्ष बेगम बराल लगायतले शुभकामना दिनुभएको थियो ।
भिमफेदी गाँउपालिका कमिटीका अध्यक्ष  समिर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव सुनिल गोलेले गर्नुभएको थियो । भेलाले सुक्रबहादुर स्याङतानको अध्यक्षतामा २५ सदस्यीय  पार्टी वडा कमिटी र जीवन रुम्वाको अध्यक्षतामा २५ सदस्यीय  युवा संघ वडा कमिटी कमिटी गठन गरेको छ ।
नवनिर्वाचित कमिटीका सदस्यहरुलाई केन्द्रीय निर्वाचन आयोगका सदस्य रामचन्द्र बलले शपथ ग्रहण गराउनुभएको थियो भने जिल्ला उपाध्यक्ष मिना लामाले टिका लगाइदिनु भएको थियो ।