
भीमफेदी
२०७८/०६/१७

सवालगत कार्यबाट बहिर्गमन कार्यशाला मकवानपुरको भिमफेदी गाउँपालिका ६ मा सम्पन्न भएको छ ।
फियान नेपाल र भिमसेनस्थान खाद्य अधिकार सञ्जाल भिमफेदीको आयोजनामा कार्यक्रम भएको हो ।
कार्यक्रममा फियान नेपालले भिमफेदीमा २ बर्षमा गरेको क्रियाकलाप र समुदायमा पारेको प्रभावबारे छलफल गरिएको थियो ।
कार्यक्रम भिमफेदी गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष सिताराम थापाको प्रमुख आतिथ्य तथा भिमसेनस्थान खाद्य अधिकार सञ्जाल भिमफेदीका संयोजक चन्द्रसिंह वाइबाको अध्यक्षतामा भएको थियो ।
कार्यक्रममा फियान नेपालकी कार्यक्रम अधिकृत लक्ष्मी गुरुङ, जिल्ला खाद्य अधिकार सञ्जाल मकवानपुरका सहसंयोजक सम्राट तुम्बाहाङ्फे, भिमफेदी गाउँपालिकास्तरीय खाद्य अधिकार सञ्जालका संयोजक दिपक पुडाशैनी, फियान नेपालकी मकवानपुर कार्यक्रम संयोजक रेश्मी कार्की लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
More Stories
राष्ट्रिय स्वतन्त्र पार्टिको पालीका स्तरिय भेलामा सरोज बरालको सभापतित्वमा कमिटि गठन।
अन्तर पालीका फुटबल खेलमा भीमफेदी गाउपालीकाको अग्रता कायमै ।
शनिबारबाट दोस्रो संस्करणको मकवानपुर जिल्लास्तरीय अन्तरपालिका फुटबल प्रतियोगिता सुरु,