
बिश्व आत्महत्या रोकथाम दिवस भब्यताका साथ सम्पन्न।
भीमफेदी
२०७८/०५/२५
कोशिस नेपाल संस्था भीमफेदीको आयोजना तथा भीमफेदी गाउँ पालीका को समन्वय मा आज सितम्बर १० तारीख बिश्व ब्यापी रुपमा कार्यक्रम संगै भीमफेदीमा पनी भब्यताका साथ मनाएको छ।
भीमफेदी वडानं ५ बाट आरम्भ भएको र्यालीले बजार तथा सिलटार सम्मको परीक्रमा गरी कार्यशाला गोष्ठी मा परिणत भएको छ।
कोशिस नेपाल संस्था भीमफेदीको संयोजक सुनि लामा को अध्यक्षता तथा भीमफेदी गाउँ पालीका अध्यक्ष हिदम लामा को प्रमुख अतिथि मा कार्यक्रम भएको हो। कार्यक्रम मा ईलाका प्रहरी कार्यालय,नेपाल स्काउट, महिला स्वास्थ्य स्वयंसेविका,बित्तिय सहकारी संस्था लगाायत सहभागिता रहेको छ।
कार्यशाला गोष्ठीमा भीमफेदी गाउँ पालीका प्रशासन प्रमुख जिवन कुवंर,भीमफेदी गाउँ पालीका वडा नं ५ अध्यक्ष जहार सिं लामा को उपस्थिति रहेको थियो।
विश्वमा हरेक वर्ष विश्व आत्महत्या रोकथाम दिवस मनाइन्छ । ‘काममार्फत आशा सिर्जना’ भन्ने नाराका साथ यो वर्ष पनि विश्व आत्महत्या रोकथाम दिवस मनाईएको छ । आत्महत्या नियन्त्रणमा विश्वव्यापी प्रतिबद्धता जनाउनु दिवसको मुख्य उदेश्य हो । आत्महत्याबाट जोगिन मानसिक रुपमा स्वस्थ हुनुपर्ने र समुदाय तहमा काम चाल्नुपर्ने विज्ञहरु बताउछन् ।
More Stories
महिला जागृति बचत तथा ऋण सहकारी संस्थाको नेतृत्वमा चेतकुमारी पुडासैनी।
भीमफेदी गाउँपालिकामा कानुन विपरीत नदीजन्य पदार्थ चोरी निकासी ।
पाएनन् तलब शिक्षक ले, दशैं चाड रित्तो हात कृष्ण मा.बि.भैंसे।