
२०७८/०५/१६
भीमफेदी
पठन संस्कृतिको विकासका लागि पुस्तकालय अभियान समूह मकवानपुरको सहयोगमा १४औं राष्ट्रिय पुस्तकालय दिवसको अवसर पारेर स्थापित गरिएको १२ औं पुस्तकालय भीमफेदी गाउँपालिका वडा नम्बर ४ निबुवाटारमा पुस्तकालय स्थापना गरिएको छ ।
पुस्तकालयका अध्यक्ष अनिल अधिकारीको अध्यक्षता तथा प्रमुख अतिथि भीमफेदी गाउँपालिकाका वडा ४ अध्यक्ष क्षेत्र बहादुर पाण्डे,बिशेस अतिथि निब्टा क्लब संश्थापक सुरेन्द्र राज थीके, निब्टा क्लब अध्यक्ष सागर पाण्डे, वडा ४ सचिब नमराज अधिकारी,बिध्यालय प्र अ सोम बहादुर लामा, पुस्तकालय अभियानकर्मी आशिष सुबेदी लगायत स्थानीयहरुको उपस्थिती रहेको थियो ।

अभियान समूहले आठौं पुस्तकालय नवज्योति पुस्तकालय हेटौंडा, नवौं दोभानचौर सामुदायिक पुस्तकालय, दशौं हात्तिचरण सामूदायिक पुस्तकालय बकैया ७ हात्तिचरण, बाह्रौं ज्ञानज्योति पुस्तकालय भीमफेदी ४ निवुवाटारमा आजै स्थापना गरेका छन् । प्रमुख अतिथि भीमफेदी गाउँपालिकाका वडा ४ अध्यक्ष क्षेत्र बहादुर पाण्डे ले पुस्तकालय उद्घाटन सँगै निब्टा क्लब संश्थापक सुरेन्द्र राज थीकेले पुस्तकालय अभियान समूह मकवानपुरको सहयोगमा पुस्तकहरु समेत हस्तान्तरण गरिएको थियो ।
More Stories
अन्तर पालीका फुटबल खेलमा भीमफेदी गाउपालीकाको अग्रता कायमै ।
शनिबारबाट दोस्रो संस्करणको मकवानपुर जिल्लास्तरीय अन्तरपालिका फुटबल प्रतियोगिता सुरु,
भीमफेदी युवा मकवानपुर क्याम्पस स्व बि यु सभापतीमा बिजयी ।