
भीमफेदी
२०७८ श्रावण ६
सिमसिम पानी पर्नेबित्तिकै पहिरो झर्न थाल्छ । माथिबाट पहिरो र ढुंगा झर्छ कि भन्दै हेर्दै बिस्तारै सवारी चलाउनुपर्छ,’ सुमोका चालक सुवर्ण थिङले भने, ‘दिउँसो त पहिरो झरेको छ कि छैन भनेर हेरेर पार गरिन्छ तर राति चलाउन रिस्क छ ।’ भीमफेदी गाउँपालिका–२ ज्यालाटारमा करिब ३ सय मिटरभन्दा बढी स्थानमा पहिरो झरेको छ । पहिलो पटक असार १३ मा भारी वर्षापछि पहिरो गएको उक्त क्षेत्रमा अहिले सिमसिम पानी पर्नेबित्तिकै पहिरो झर्ने गरेको हो । चालकहरू पहिरो झरिरहेकै बेला जोखिम मोलेर सवारीसाधन चलाइरहेको बताउँछन् । ‘कतै आधा त कतै पूरै बाटोमा पहिरो थुप्रिएको छ । पहिरो पन्छाएको ठाउँमा पनि हिलैहिलो छ,’ थिङले भने, ‘अहिलेसम्म जसोतसो गाडी चलाइरहेका छौं ।’
भीमफेदी–३ गुन्डुङमा पनि रूखहरूसहित ठूलो पहिरो झरेको छ । साँघुरो र हिलाम्य सडकमा सवारीसाधनहरू आउजाउ गरिरहेका छन् । उक्त खण्डअन्तर्गत भैंसेदेखि देउरालीसम्मको २० किलोमिटर क्षेत्रमा ठूला खालका दर्जनभन्दा बढी पहिरो झरेका छन् ।
More Stories
अन्तर पालीका फुटबल खेलमा भीमफेदी गाउपालीकाको अग्रता कायमै ।
शनिबारबाट दोस्रो संस्करणको मकवानपुर जिल्लास्तरीय अन्तरपालिका फुटबल प्रतियोगिता सुरु,
भीमफेदी युवा मकवानपुर क्याम्पस स्व बि यु सभापतीमा बिजयी ।