
भीमफेदी
२०७८ जेष्ठ २५
मकवानपुर जिल्ला भीमफेदि गाउ पलिकामा केहि दिन देखी बढि रहेको कोरोना संक्रमित हरुको ब्यबस्थापनको लागी कोरोना संक्रमित बिश्राम घरको लागी स्थानिय स्तरबाट पनि सहयोग जुटाउने कार्य अगी बढेको छ।हाल कोरोना संक्रमित बिश्राम घरमा चौबिस जना संक्रमित रहेको छ।

भीमफेदी गाउपालीका वडानं ५ छबेली निबासि अनोज बल तथा दिनेश स्याङ्तानको अगुवाइमा स्थानिय स्तर संकलीत रकम बाट कोरोना संक्रमित बिश्राम घरलाइ ब्यबस्थित गर्न ओढने ओछ्याउने तन्ना लगायत का सामग्री गाउपालीका अध्यक्ष हिदम लामा लाइ हस्तातरण गरेको छ।

हाल कोरोना संक्रमित बिश्राम घर महेन्द्र माध्यामिक बिधालय भवनमा पच्चिस शैयाको बिश्राम ब्यबस्था छ। गाउ पालीकाले थप पन्ध्र शैया बढाउने योजना बनाएको छ तर नेपाल सरकारले आउदो अषाढ १ बाट अध्यन अध्यापन लाइ अगाडी बढाउने भए पछी कोरोना संक्रमित बिश्राम घर स्थान्तरणको समस्या आएको छ ।

More Stories
समाजसेवी अमात्य ध्दारा मन्दिर रङ्ग रोगन ।
जन्म दिनको खुशियाली लेकालि बिधार्थीका साथ ।
मकवानपुर जिल्लाको भीमफेदी गाउँपालिकामा भलिबल संघ गठन ।