
भीमफेदी
२०७८ जेष्ठ २५
“मानबिय कार्यमा सक्रिय भीमफेदिको स्काउट ” भीमफेदी गाउँपालिकामा नेपाल स्काउटले कोरोना प्रतिकार्यको आफ्नो अभियान संचालन गरेको छ । स्काउटले वडा न. ४, ६ र ३ अन्तर्गतका होम आइसोलेसनमा रहेका संक्रमितहरुलाई घरमै गएर ज्वरो, पल्स तथा अक्सिजन मापन परिक्षण गरेको हो । परिक्षणको क्रममा प्राय: सबैजसो अवस्था सामान्य पाइएको स्काउट भीमफेदिका सदस्य राजिब परियारले जानकारी दिए ।
स्काउट सधै विपदको घडिमा जनताको बीचमा रहने र मानविय कार्यलाई आफ्नो दायित्व सम्झेर काम गर्ने परियारले बताए । नेपाल स्काउट भीमफेदिमा केही दिन अघि मात्रै निर्माण भएको हो । स्काउट गठन लगत्तै समुदायमा परिचालित हुन सुरु गरिसकेको छ । श्रोतका अनुसार येहि आर्थिक वर्ष ०७८/०७९ को कार्ययोजना निर्माण हुँदै छ र कार्यालय कहाँ रहने भन्ने टुंगो नलागिसकेकोले प्रशासनिक कार्य भने अघि बढेको छैन ।

यसै गरी २ न वडाको भैंसे को आँपचौर क्षेत्रमा होम आइसोलेसनमा रहेका कोभिड रहेका संक्रमितहरुलाई घरमै गएर ज्वरो, पल्स तथा अक्सिजन परिक्षण गरिएको छ । परिक्षणको क्रममा अधिकाँसको अवस्था सामान्य पाइएको छ। परिक्षणको क्रममा कोबिदका लक्षण भेटिएकाहरुलाई रेडक्रसको एम्बुलेन्स सेवा लिइ स्वास्थ्य जाँच गराउन भीमफेदी स्वास्थ्य केन्द्र पठाउने गरेको छ ।

भीमफेदी गाउपालीका भित्रका ६२ वर्ष देखि ६५ वर्षसम्म उमेर समूहका उक्त खोपको पहिलो डोज लगाउने कार्यक्रम तयारी रहेको स्वास्थ्य संयोजक रामनाम थिंले बताएको छ। उनले हरेक स्थानीय तह मार्फत स्थानीय स्तरमा खोप लगाउने तयारी भएको र भीमफेदी गाउपालीकाले खोप लगाउने तयारी गरेको बताए । उनका अनुसार अन्य स्थानीय तहले भोलिबाट खोप लगाउने तयारी गरेको छ ।

More Stories
महिला जागृति बचत तथा ऋण सहकारी संस्थाको नेतृत्वमा चेतकुमारी पुडासैनी।
भीमफेदी गाउँपालिकामा कानुन विपरीत नदीजन्य पदार्थ चोरी निकासी ।
पाएनन् तलब शिक्षक ले, दशैं चाड रित्तो हात कृष्ण मा.बि.भैंसे।