
भीमफेदी
२०७८ जेष्ठ १०
भिमफेदीको जन स्तर बाट भीमफेदी गाउपालीकाको कोबिद अबस्थाको दैनीक चित्रणको सामाजीक सञ्जाल बाट गुनासो बढे पछी मिति २०७६ जेष्ठ ९ गते बाट “सुख सागर” नामक सामाजीक सञ्जाल बाट प्रकाशित भएको छ।

प्रतिबेदन अनुसार मिति २०७८ जेष्ठ ९ गते सम्मको तथ्याङ्क अनुसार वडानं १ मा संक्रमीत शुन्य ,वडानं २ मा ९ जना मा पि. सि. आर. बाट एक जना पोजेटिभ,एन्टिजेन बाट एक जना पोजेटिभ,म.मा.बि. आइसोलेशनमा पांच जना,निको बएको दुई जना रहेको छ।यसै गरी वडानं ३ का चार जना म.मा.बि. आइसोलेशनमा रहेको छ।वडानं ४,५ समक्रमित सुन्य रहेको छ।वडानं ६ को एक जना म.मा.बि. आइसोलेशनमा रहेको छ।वडानं ७,८ समक्रमित सुन्य रहेको छ।वडानं ९ का६ जना म.मा.बि. आइसोलेशनमा रहेको छ।
मिति २०७८ जेष्ठ ९ गते सम्मको तथ्याङ्क अनुसार हाल सम्म पि.सि.आर. बाट ४४ एण्टिजेन बाट ३० गरि जम्मा मकवानपुर मा गरिएको परिक्षणले ७४ संख्या देखाएको छ।
९ गते सम्मको तथ्याङ्क अनुसार हाल सम्म ४० जना ले कोरोना परास्त गरी जाती भइसकेका छन्। ३३ जना आइसोलेशन भएर बसेका छन। जस मध्य १६ जना म.मा.बि. आइसोलेशनमा र बांकी १७ जना घरमा आइसोलेसन अपनाएर बसेका छन् ।
भीमफेदी गाउपालीका अध्यक्ष हिदम लामाका अनुसार हाल म.मा.बि. आइसोलेशनमा साना ठुला गरी २१ थान अक्सिजन सिलिण्डर तयारी भरेको अबस्थामा रहेको ,तिन थान अक्सिजन कन्सिट्रेटर र पच्चिस शैया रहेको बताइएको छ। भीमफेदी आइसोलेशनको लागी सञ्चालनको लागी कुनै संकट नभएको जनाएको छ। नेपाल सरकारको स्वास्थ्य मापडण्ड लाई मानेर अनुशासन भइ दिनु नै जन स्तर बाट योगदान रहेकोले घरमै सुरक्षित रहन अनुरोध गरेको छ।


More Stories
महिला जागृति बचत तथा ऋण सहकारी संस्थाको नेतृत्वमा चेतकुमारी पुडासैनी।
भीमफेदी गाउँपालिकामा कानुन विपरीत नदीजन्य पदार्थ चोरी निकासी ।
पाएनन् तलब शिक्षक ले, दशैं चाड रित्तो हात कृष्ण मा.बि.भैंसे।