
भीमफेदी
२०७८ जेष्ठ ५
कोरोनाको संक्रमण उच्च जोखिमको बिचमा पनी मकवानपुर जिल्ला भीमफेदी गाउ पलीकामा राष्ट्रिय स्तर तथा ग्रामीण स्तरीय बिकास निर्माण कार्य सुरक्षित प्रक्रिया अपनाएर संचालन भइरहेको छ।
अहिले संघिय सरकार र गाउपालिका को कार्य लाई निरन्तरता दिन अनुगमन कार्य लाइ समेत तिब्र गरीएको छ।हाल भीमफेदी कुलेखानी सडक,भीमफेदि कोगटे सडकको कालोपत्रे कार्य तिब्र रुपमा अगी बढाइएको छ।यस्तै दम्की सुपिङ्ग सडक ढलान लगायतका बिकासका काम सुचारु छन्।

यसै गरी ग्रमीण सडक ढलान, स्तरीकरण कार्यलाइ सुचारु गरिएको छ।भीमफेदी भैसे सम्मको रिटेनिङ्ग वाल लगायत कटान कार्य सुचारु रहेको छ।लकडाउनका कारण यातायात सञ्चालन नभएको र आबश्यक कच्चा पदार्थ ढुवानीको लागी स्थानीय निकायले सहजिकरण भए बाट निर्माणकार्य छिटो भन्दा छिटो सम्पन्न गर्ने निर्माण कम्पनीले जनाएको छ। यस्तै गरी सुरक्षित अपनाएर निर्बाध कार्य गर्न सके समयमा बिकास कार्य सम्पन्न गर्ने स्थानिय उपभोक्ता समेतले राय ब्यक्त गरेका छन्।

अहिले स्थानिय निकायको सम्वन्वयमा संचालन बिकास कार्यका फोटो हरु सामाजीक सञ्जालमा पोष्ट गर्दै “हाम्रो गाउको मुहार फेरीयो ” भन्दै भीमफेदी जनताले दिएको हौसलाले जनताको मन छुने सम्म काम भएको हो की भन्ने धारणा जनप्रतिनिधिले समेत सन्तोष मानेका छन्।
More Stories
अन्तर पालीका फुटबल खेलमा भीमफेदी गाउपालीकाको अग्रता कायमै ।
शनिबारबाट दोस्रो संस्करणको मकवानपुर जिल्लास्तरीय अन्तरपालिका फुटबल प्रतियोगिता सुरु,
भीमफेदी युवा मकवानपुर क्याम्पस स्व बि यु सभापतीमा बिजयी ।