June 1, 2023

Bhimphedi Khabar

Bhimphedi Cable Network

प्राथमिक स्वास्थ्य कर्मी एक परिवार सबैमा कोरोना संक्रमित।

भीमफेदी

२०७८ बैशाख २५

भीमफेदी गाउँ पालीका प्राथमिक स्वास्थ्य केन्द्र भीमफेदीमा कार्यरत एक स्वास्थ्य प्राविधिक परिवारमा चार सदस्य मा कोरोना संक्रमण पुष्टि भएको छ।

दुई साता अगाडि निजका परिवार सहित तराईमा एक आफन्त को ब्रतबन्ध कार्यक्रम मा सरिक भए देखी स्वास्थ्य प्राविधिक परिवारमा बिसन्चो भएको थियो।

दुई साता सम्म पनि आफुलाई बिसन्चो भएको जानकारी नदिई बसेकोमा गाउँपालिका स्वास्थ्य संयोजक, प्राविधिक डा. लगायत वडा अध्यक्ष बाट सामुहिक दवाबले तिन दिन अगाडी परिक्षण गरिएको स्वाब नतिजा अनुसार घर परिवार सबै सदस्य मा कोरोना पोजेटिभ देखेको हो।

लामाो समय पछि संक्रमित नतिजा बाहिरिए बाट समुदायका संम्पर्कमा रहेका अन्य ले समेत कुनै समस्याको लक्षण भएमा जानकारी गराउन स्वास्थ्य संयोजक रमनाम थिं ले बताउनु भएको छ।