March 23, 2023

Bhimphedi Khabar

Bhimphedi Cable Network

गाउँ पालिका द्वारा भीमफेदी गाउपालिका सम्पुर्ण प्रजा जाती स्वास्थ्य बिमित।

गाउँ पालिका द्वारा भीमफेदी गाउपालिका सम्पुर्ण प्रजा जाती स्वास्थ्य बिमित।
भीमफेदी
२०७७ अषाढ २२
भीमफेदी गाउपालीकाले भीमफेदी गाउपालीकाका नौ वटै वडाका एक सय चालीस घरधुरीका पांच सय उननसाठ्ठि प्रजा जातीका ब्यक्तिगत स्वास्थ्य बिमा गरि दिएका छन्।
आज एक समारोह सहित गाउपालिका अध्यक्ष हिदम लामाको अध्यक्षता मा प्रजा जातीका ब्यक्तिगत स्वास्थ्य बिमित लाई बिमाकार्ड बितरण गरेको हो।
बिमाकार्ड बितरण गर्दै अध्यक्ष लामाले बिमाकर्ता लाई रू पांच लाख पच्चीस हजार तीन सयले बिमित गर्दा एक करोड एघार लाख अस्सि हजारकाो उपचार सेवा पाउने बताउनु भएको छ।
भीमफेदी गाउपालीकामा प्रधानमन्त्री स्वरोजगार कार्यक्रममा त्रिसट्ठी लाख रकम मौज्दात रहेको र सबै प्रजा जाती लगायत नागरिकमा स्वरोजगार माग फारम भरी बिकास निर्माणमा सहभागी भई प्रति नागरिक लाई सय दिन न्युनतम दैनिम ज्याला रू छ सय पचास बुझी आय आर्जन गर्न पनि सुझाब दिएको छ ।