
मन्त्री फ्युयांल सहित भीमफेदी गाउपालिका अध्यक्ष र ईन्द्रसराेबर गाउंपालिका अघ्यक्ष सडक अनुगमनमा ।
भीमफेदी
२०७६ चैत्र २६
https://bhimphedicablenetwork.com.np/
भीमफेदी कुलेखानी सडक खण्ड फराकिलो बनाउने कामले तीव्रता पाउने भएको छ । यातायात पूर्वाधार निर्देशनालय बागमती प्रदेशले छोटो दुरी तथा दुर्घटनाको अति नै जोखिम रहेको भीमफेदी र कुलेखानी जोड्ने १६ किलोमिटर सडकलाई १ वर्षभित्र सम्पन्न गर्ने गरी सडक स्तरोन्नती गर्ने कामलाई नेपाल सरकारले मुलुक भर गरेको लकडाउनका कारण बन्द थियो ।
बागमती प्रदेशको राजधानी र केन्द्रीय राजधानी जोड्ने सबैभन्दा छोटो मार्गको रुपमा रहेको उक्त सडक खण्डको स्तरोन्नती गर्ने काम समयमै सकाउने लक्ष्यका साथ सुरक्षीत भएरकाम सुचारु गर्ने निर्णय बागमती प्रदेश सरकारले लिएको भौतिक पुर्वाधार मन्त्रि रामेश्वर फुयालले वताए । उनले कोरोना भाइरसको त्रासलाई याद गर्दै पञ्जा र माक्स अनिवार्य रुपमा लगाउन समेत निर्देशन दिएका छन् ।
मकवानपुरको भीमफेदी गाउँपालिका र इन्द्रसरोवर गाउँपालिकामा पर्ने उक्त सडक खण्डमा स्थानीय तहहरुले पनि सडक फराकिलो बनाउन साथ दिइरहेको भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले बताए ।
देशमा लकडाउनको कष्टलाई अवसरमा लिएर बाग्मती प्रदेश भौतिक पुर्वाधार मन्त्रालयले भीमफेदी –कुलेखानीको सडक खण्ड फराकिलो बनाउने कामलाई तिव्रता दिइरहेको छ । लकडाउनमा सवारी साधनहरु नचल्ने भएर सडक धमाधम फराकिलो बनाईरहेको हो ।
More Stories
भीमफेदी गाउँपालिकामा कानुन विपरीत नदीजन्य पदार्थ चोरी निकासी ।
पाएनन् तलब शिक्षक ले, दशैं चाड रित्तो हात कृष्ण मा.बि.भैंसे।
चलचित्र ब्ल्याक छायाँ हेटौंडामा हुने विशेष शो को संकलन रकम दुवै मृर्गौला पिडीत मीना गोलेलाई ।