भीमफेदी गाउपालीका स्तरीय बाल अधिकार समीती गठन ।
भीमफेदी
२०७६ चैत्र ७
मकवानपुर जील्ला भीमफेदी गाउंपालीकामा पालीका स्तरीय बाल अधिकार समीती गठन भएको छ ।
प्लान मकवानपुरको सहयोगार्थ सामुदायीक बिकास केन्द्र नेपालको आयोजनामा गाउपालीका भीमफेदिका अध्यक्ष हिदम लामाको अध्यक्षता मा आयोजीत एक कार्यक्रममा समिति गठन गरीएको हो ।
भीमफेदी गाउपालीका उपाध्यक्ष पार्बती रानाको संयोजकत्वमा महिला सदश्य मंगला देबी श्रेष्ठ,स्वास्थ्यकर्मी डा. सुनिल थापा,इलाका प्रहरी कार्यालय प्रमुख पदेन,महेन्द्र माध्यामीक बिध्यालय प्र अ पदेन,बाल अधिकारकर्मी बिश्व सुनार,महिला सामाजीककर्मी चण्डेश्वरी सहकारी सुमित्रा श्रेष्ठ,सामाजिक संस्था समाज जागरण प्रमुख पदेन,,बालक्लब प्रतीनिधी प्रमुख पदेन,सामाजीक बिकास समिति संयोजक वडानं २ वडाअध्यक्ष काशीराम बज्यु,रेडक्रस उपशाखा प्रमुख पदेन,महिला सहकारी प्रतिनिधि महिला जाग्रती सहकारी प्रमुख रीता आले,गाउं शिक्षा कार्यालय भीमफेदी प्रमुख पदेन र सदश्य सचिब महिला बालबालीका जेष्ठनागरीक शाखा प्रमुख दुर्गा घिमिरे रहेको समीती गठन भएको छ ।
भीमफेदी गाउंपालीकामा बाल अधिकारका मापक सुचकमा रहेका अन्य बुंदामा सकारात्मक प्रगती रहेता पनी बाल बिबाह र बाल मजदुरी उच्च जोखीम सुचकमा रहेको बताएको छ ।
Bhimphedi Cable Network
More Stories
भीमफेदी वडानं ६ पुर्ण खोपयुक्त वडा घोषणा।
नेपाली सेना सल्लाघारी एल्मुनाइ एशोसिएसन भक्तपुर ध्दारा निशुल्क स्वास्थ शिबिर।
मोटरसाइकल अनियन्त्रित भएर सवार गम्भीर घाइते।