April 28, 2024

Bhimphedi Khabar

Bhimphedi Cable Network

कारको पछाडी डिक्की भित्र फल्स बटम बनाई लुकाई लागूऔषध गाँजा,

भीमफेदी

२०८०/०३/१२

मकवानपुर प्रहरीले ७ किलो ९०० ग्राम लागूऔषध गाँजा,कार सहित ३ जनालाई पक्राउ गरेको छ ।
मकवानपुरको भिमफेदी गाउँपालिका वडा नम्बर– २ भैंसे चेकपोष्ट स्थित सडकखण्डमा सवारी साधनहरु रोकी चेकजाँच गर्ने क्रममा गाँजा सहित ३ जनालाई पक्राउ गरिएको हो ।

भैसेबाट हेटौडा बजार तर्फ आउदै गरेको बा १२ च ५६४९ नम्बरको कारलाई रोकी चेकजाँच गर्ने क्रममा जिल्ला हेटौंडा–१४ बस्ने ३१ वर्षिय राम बहादुर गोले,सोही कारमा सवार रहेका ३८ वर्षिय सुकराम लोप्चन र ४० वर्षिय बिर बहादुर मोक्तानलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

कारको पछाडी डिक्की भित्र फल्स बटम बनाई लुकाई छिपाई ल्याएको अवस्थामा ७ किलो ९०० ग्राम लागूऔषध गाँजा फेला परेको र कार सहित उनीहरुलाई थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।