जेष्ठ ३ बाट लकडाउनमा पूरा कडाई । अनाबश्यक नघुम्नुस भीमफेदी कारबाहिमा परिएला ।
भीमफेदी
२०७७ जेष्ठ ४
नेपाल सरकार गृह मन्त्रालयले जेष्ठ ३ गते बाट लकडाउन लाई अझ बेबस्थित र कडाई अपनाउन निर्देशन पछी भीमफेदी गाउँपालीकामा लकडाउनमा कडाई नीति अपनाएको छ ।
जेष्ठ ३ गते देखि भीमफेदी गाउपालिका लगायत बजार क्षेत्रमा अनावश्यक मानिस ओहर दोहर गर्ने तथा मोटर साईकल लिएर हिडने नागरिक लाई सय मिटरका फरकमा गस्तीमा रहेका प्रहरीले कडाईका साथ आबश्यक सोधपुछ सहित नियन्त्रणमा लिन सक्ने प्रहरी निरक्षक राम बालक रायले बताउनु भएको छ ।
हाल भीमफेदी बजार क्षेत्रमा बिहान ७ बजे देखि ९ बजे सम्म अती आबश्यक दैनिक उपभोग्य सामान सुरक्षित अपनाई खुल्ला गरिएको तथा औषधि पसल लाई भने पुर्ण समयमा खुल्ला गरेको छ ।
खाधान्न ढुवानी,दुग्ध जन्य ढुवानी तथा तरकारी ढुवानी साधन भन्दा अन्य सबै किसमका सवारी साधन रोक लगाएकाो छ ।
Bhimphedi Cable Network
More Stories
सफ्टवेयरको कारण भीमफेदी स्वास्थ्य बिमा सेवा प्रभावित ।
भीमफेदी वडानं ६ पुर्ण खोपयुक्त वडा घोषणा।
नेपाली सेना सल्लाघारी एल्मुनाइ एशोसिएसन भक्तपुर ध्दारा निशुल्क स्वास्थ शिबिर।