भीमफेदी ।
२०८०/०७/४

मकवानपुरको भीमफेदीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । गएराति भीमफेदी गाउँपालिका-१ बाघझोरामा भीमफेदी बाट हेटौंडातर्फ जाँदै गरेको ना १७ प २१८९ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा मोटरसाइकल चालक भीमफेदी ६ धानगोदाम बस्ने ३४ वर्षीय सुमिन लामाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा मोटरसाइकलको पछाडी सवार सोही स्थानका ३० वर्षीय रोमन बस्नेत घाइते भएको र उनको हेटौंडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
More Stories
ओली सरकार र बागमती प्रदेशमा डोरमणि पौडेलको सरकारले सिन्को भाँचेन, बिरोध खतिवडा
बढि लिईएको भाडा सम्बन्धित यात्रुलाई फिर्ता गराई सवारी चालकलाई जरिबाना।
भीमफेदी हात्तीसार संग्रहालय जिप लाईन सहितको पार्क बिस्तार कार्य किन शिथिल।