November 29, 2023

Bhimphedi Khabar

Bhimphedi Cable Network

भीमफेदी एक पहिचान

नबिन ढकाल

शिक्षक सेवा कार्यरत

महेन्द्र माध्यमिक बिधालय, भीमफेदि

ऐतिहासिक,धार्मिक स्थल भीमफेदी यो हाम्रो, मिश्रीत फूलको बगैँचा हो समन्वय अति राम्रो !

बिकासका सम्भाबना पर्याप्त छन यस्मा,चाहना छ केबल त्यस्तो ब्यक्ती दुर्दर्शीता छ जस्मा !

चिसापानी गडि जस्तो ईतिहास छ जिबित, ऐतिहासिक पहिचान छ यस्को राख्नु हुन्न सिमित !

भीमसेन मन्दीर, गणेश मन्दीर, एक खनडेश्वर पनि, हुन यहाँका धार्मिक स्थल प्रख्यात र साक्षात झनई !

उत्तरतिर देउराली,गडि, जुरीखेत, कुलेखानी,निरन्तर यातायत चल्छ यहाँ सङ्घीय राजधानी जोड्ने !

कुलेखानी जलबिधूत प्रथम,दोश्रो अनि तेस्रो यसमै पर्छन, सबै देशबासीले यो बिधूत उत्पादनको अतिनै तारीफ गर्छन !

सर्बप्रथम काठमान्डु मा माेटरगाडि लग्याथ्यो यहीबाट, भीमसेन देवकाे बासस्थान पनि यही थ्यो भन्ने थाछ !

पुर्बतिर सोलाभन्ज्याङ,सुपिङ,ज्यामीरे गाउँ,सुन्दर बस्ती, मनोरम दृश्य, प्रकृतीले सजेको ठाउँ !

दक्षीणतिर धोर्सिङ,निबुवाटार, मन्डु अनि पन्द्राङ,बिबिध धार्मिक,साँस्कृतीक र ऐतिहासिक ठाउँ छन !

पालिकाको सदरमुकाम अनि केन्द्र हो यो थाछ,अब यहाँको शिघ्र बिकाश गर्न लाग्नुपर्ने बेला भाछ ! ( धन्यबाद)